युरोपमा चिसोमा नुहाउने उत्सव

प्रकाशित मिति:

एजेन्सी \ युरोपमा जाडो महिनाको तापक्रम शून्यभन्दा तल झरेको हुन्छ । यस्तो अवस्थामा नुहाउने काम घरभित्र त्यो पनि तातोपानीले मात्र सम्भव हुन्छ । यतिबेला खुला स्थानमा जमेको पोखरी वा समुद्रको पानीमा नुहाउनु कल्पनाभन्दा बाहिरको विषय मानिन्छ । यद्यपि डेनमार्कमा जनवरी महिनाको पहिलो दिन यस्तै चिसो पानीमा नुहाउने उत्सव आयोजित गरिन्छ । नयाँ वर्षले नयाँ किसिमको जिम्मेवारी दिने हुँदा उक्त जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सक्ने धैर्य मिलोस् भनेर डेनमार्कका नागरिकहरू चिसो पानीमा डुबुल्की लगाउँछन् । अत्यधिक चिसो हुने भएकाले यो उत्सवमा सहभागी हुनेहरूको संख्या कम भए पनि जति जना हुन्छन् उनीहरू त्यसमा निकै रमाउँछन् ।