इबेमा एक महिलाले आफ्नै श्रीमानलाई बिक्रीमा राखीन

प्रकाशित मिति:

एजेन्सी \ लिलामीमा सामान बिक्री गर्ने काममा लोकप्रिय मानिएको इबेमा एक महिलाले आफ्नै श्रीमान्लाई बिक्रीमा राखेकी छिन् । श्रीमान्को रवैयाबाट दिक्क भएका कारण आफूले श्रीमान्लाई लिलामीमा राखेको उनले बताएकी छिन् । प्रारम्भिक मूल्य १८ यूरो राखेकी ती महिलाले कसैले आफ्नो श्रीमान्लाई खरिद गरेर लगे निकै खुसी हुने बताएकी छिन् । जर्मनीको ह्याम्बर्गकी डोर्थेले क्रिष्टमसका अवसरमा आफ्नो श्रीमान्लाई लिलाममा राखेकी हुन् । आफ्ना श्रीमान् नकारात्मक सोचका भएका कारण लिलामीमा राखेको उनले स्पष्ट पारेकी छिन् । यो शुद्ध श्रीमान्को लिलाम भएका कारण यसमा कुनै कुरा साटिनेछैन भन्ने सर्त पनि उनले राखेकी थिइन् । लिलामीका क्रममा उनले श्रीमान् वा आफ्नो फोटोको ठाउँमा क्रिसमस ट्रीको तस्बिर प्रयोग गरेकी थिइन् ।