रोनाल्डोको निर्णायक गोल

प्रकाशित मिति:

काठमाडौं । युभेन्टसले इटालियन सुपर कप फुटबलको कीर्तिमानी उपाधि उचालेको छ ।बुधबार राति साउदी अरबमा भएको इटालियन सुपर कपको फाइनलमा एसी मिलानलाई पराजित गर्दै युभेन्टसले कीर्तिमानी आठौं पटक उपाधि जितेको हो । युभेन्टसले एसी मिलानलाई १(० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।
युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले निणरयक गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको युभेन्टसले दोस्रो हाफमा गोल सफल भयो । खेलको ६१औं मिनेटमा रोनाल्डोले गोल गर्दै अग्रता दिलाएका थिए । बाँकी समयमा गोल हुन नसकेपछि युभेन्टसले खेल १(० ले जितेको हो ।जितसँगै युभेन्टसले इटालियन सुपर कपको उपाधि सर्वाधिक आठौं पटक जितेको हो । एसी मिलानले सात पटक उपाधि जितेको छ ।