अष्ट्रेलियामा अत्यधिक गर्मी, घर बाहिर ननिस्कन सरकारको अपिल

प्रकाशित मिति:

अष्ट्रेलिया/अष्ट्रेलियामा गर्मी अत्यधिक बढेको छ । गर्मी बढेपछि सरकारले अति आवश्यक कामबाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन सूचना जारी गरेको छ ।सरकारी अधिकारीहरुका अनुसार, गर्मीका कारण ओजोन तह थप पातलिन सक्ने जोखिम छ । जसले मानव स्वास्थ्यमा असर गर्दछ ।न्यूसाउथ वेल्सको वातावरणीय स्वास्थ्यका डाइरेक्टर रिचार्ड ब्रुमले घर बाहिर एकदम थोरै समय मात्र बिताउन आह्वान गरेका छन् ।उनले भनेका छन्, ‘घरभित्रको तुलनामा बाहिर ओजनको स्तर बढी छ । खासगरी मध्याह्न र साँझ झन् बढ्छ । त्यसैले एकदमै कम समय मात्र सडकमा निस्किनुस् । यसो गर्दा स्वास्थ्यमा पर्ने नकारात्मक असर कम हुन्छ ।’पछिल्लो २४ घण्टामा विश्वका अत्यधिक गर्मी हुने स्थानहरुको सूचीमा अष्ट्रेलियाका मात्रै १५ स्थान परेका छन्

गर्मी र प्रदूषणका कारण बिरामी परेका मानिसहरुको उपचार गर्न सहज होस् भनेर सन् २०११ को तुलनामा यस वर्ष अस्पतालहरुमा १४ प्रतिशतले आकस्मिक कक्षहरु थप गरिएको छ ।ओजोनको प्रभावका कारण औषधि लिइरहेका स्वासप्रश्वासका पुराना बिरामीहरु बढी जोखिममा परेका छन् । किनभने यसले फोक्सोमा छिटो असर गर्छ ।अन्य दिनको तुलनामा बुधबार न्यूसाउथ वेल्समा अत्यधिक गर्मी छ । न्यूसाउथ वेल्समा अधिकतम तापक्रम ४८ दशमलव २ डिग्री मापन गरिएको छ ।शुक्रबार सिड्नीको शहरी क्षेत्रमा तापक्रम बढेर ३४ डिग्री पुग्ने पूर्वानुमान गरिएको छ । पश्चिम सिड्नीमा भने ४५ डिग्री तापक्रम रहने अनुमान छ ।

पछिल्लो २४ घण्टामा विश्वका अत्यधिक गर्मी हुने स्थानहरुको सूचीमा अष्ट्रेलियाका मात्रै १५ स्थान परेका छन् । दक्षिण अष्ट्रेलियाको तारकोला आइल्याण्डमा सबैभन्दा बढी ४९।१ डिग्री तापक्रम मापन भएको छ ।वेदर जोनका एक वरिष्ठ मौसम वैज्ञानिक ज्याकब क्रोनजेले भनेका छन्, ‘अहिलेको स्थिति हेर्दा तापक्रम ५० डिग्री पुगेमा पनि आश्चर्य मान्नु पर्दैन ।