बुटवलमा बधशाला निर्माण र ब्यबस्थापन समितिका लागिआधारशिला तालिम

प्रकाशित मिति:

हरिश ढकाल/सौराहा, बुटवलमा संचालन  हुन गैरहेको पशु बधशाला संचालनका लागि सरोकारवाला निकायबिच सहकार्य, समन्वय र समझदारी अभिबृद्धिगर्ने उद्देश्यले आधारशिला तालिम संचालन  गरिएको छ । बुटवल उपमहानगरपालीका र हेफर ईन्टरनेशनल नेपालको सहकार्यमा चितवनको सौराहामा संचालन भैरहेको सो आधारशिला तालिममा सहभागिहरुले बधशाला निर्माण, संचालन र ब्यबस्थापनका  बिषयमा योजना निर्माण लगाएतकाआवश्यकतयारीकाबिषयमा छलफलभएको छ । कार्यक्रममा सहभागिहरुले बधशालाको संचालन, दिगो ब्यबस्थापन, श्रोतको ब्यबस्थापन, बजार तथा बितरणप्रणालीको बिकास लगाएतका बिषयमा चर्चा गर्दै मासुजन्य ब्यबसाय सम्बन्धमा बिभिन्न समस्याहरुको रहेको र दिर्घकालिन रुपमा समस्या समाधान गर्ने उपायका बारेका आ आफ्नो धारणा राखेका थिए । योजना निर्माणमात्र समाधानको उपाय नभएकाले बुटवल र आसपासका क्षेत्रमा स्वस्थ र स्वच्छ मासुजन्य पदार्थ उपलब्ध गराउने र बजारको मागलाई समेत सम्बोधनगर्दै श्रोतको दिर्घकालिन ब्यबस्थापन गर्नु अहिलेको प्रमुखजिम्मेबारी भएको सहभागिले बताएकाछन ।

कार्यक्रममा बुटवल  उपमहानगरपालीका  का प्रमुख शिवराज सुबेदीले बुटवलमा निर्माणाधिन बधशाला संचालनका लागिआवश्यक पुर्वाधार निर्माण र दिगो ब्यबस्थापनलाई प्रमुख लक्षका रुपमा लिइएको बताउनु भयो । आम उपभोक्तालाई स्वस्थ र स्वच्छ मासुजन्य पदार्थ उपलब्ध गराउने र मासु जन्य बस्तुको बजार र बितरणप्रणालीलाई सुदृढ गराउने मुलध्येयका साथ उपमहानगरपालीका कार्यालय जिम्मेबारीपुर्वक अघिबढिरहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा उपप्रमुख गोमादेवीआचार्य, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र सिग्देल, वडाध्यक्षहरु टंकप्रसाद पराजुली, रमेश नेपाल, महेन्द्र लिगल, डम्बर भण्डारी, दधिराम न्यौपाने, पदम थापा, उप महानगरका बरिष्ठअधिकृत बिष्णु खनाल, हेफर ईन्टरनेशनलका बरिष्ठ तालिमप्रबन्धक बुद्धिबहादुर खत्री, बजार बिकास प्रबन्धकअनन्त सिलवाल, रुपन्देहीउद्योग संघकाअध्यक्षगणेश अधिकारी, रुपन्देही ब्यापार संघका महासचिव प्रकाशढकाल, उद्योग बाणिज्य संघका प्रतिनिधीधनकुमारी खनाल, कृषिशाखा प्रमुख भिमनाथशर्मा, पशुपंक्षीबिकास शाखा का संयोजक चिकित्सक झबिन्द्र बन्जाडे, उपभोक्ताहित संरक्षणमन्चका अध्यक्ष नर्वु लामा, मासु ब्यबसायी संघका कोषाध्यक्ष नारायणजिसी, आधारशिला ईन्भेष्टमेन्टकम्पनीकाअध्यक्ष होमा देवीपौडेल लगाएतले बुटवलमा सुबिधा सम्पन्न र ब्यबस्थित बधशालाको आवश्यक्ता र संचालनका सम्बन्धमा अपनाउनु पर्ने कार्यहरुका बारेमा चर्चा गरेका थिए ।