कर्तव्य ज्यान मुद्दामा फरार भएका ८० वर्षीय मिश्री २० वर्षपछि पक्राउ

प्रकाशित मिति:

वीरगञ्ज । बारा र पर्साबाट प्रहरीले दुईजना १८ र २० वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ ।प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका(८ का ५० वर्षीय कमल महतो कोइरी र पर्साको छिपहरमाई गाउापालिका(२ का ८८ वर्षीय मिश्री साह कानुलाई पक्राउ गरेको हो ।कोईरी चोरी मुद्दामा १८ वर्षदेखि फरार थिए भने कानु कर्तव्य ज्यान मुद्धाका फरार अयिभयुक्त हुन् ।पुनरावेदन अदालत हेटौडाले वि।स। २०५७ कात्तिक २१ गते नकबजनी चोरी मुद्धामा दोषी ठहर गर्दै कमल महतो कोईरीविरुद्ध एक महिना १५ दिन कैद र दुई हजार १८४ जरिवाना फैसला गरेको थियो ।

उनी त्यसबेलादेखि नै फरार भएका उनलाई इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।जिल्ला अदालत बाराको आदेशले कोईरीलाई कैद भुक्तानको लागि बीरगंज कारागारमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए ।यस्तै, वि।स। २०५५ साउन २४ गते कर्तव्य गरी वारदात पश्चात फरार रहेका मिश्री साहलाई प्रहीले २० वर्षपछि पक्राउ गर्न सफल भएको हो ।

पर्सा जिल्ला अदालतबाट वारेन्ट जारी भएपछि प्रहरीले उनको खोजी शुरु गरेको थियो ।साहलाई घरबाटै पक्राउ गरी आवश्यक कारबाहीको लागि पर्सा जिल्ला अदालतमा पठाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए