४ करोड बुझाएर रिहा हुने आदेशपछि पूर्वमन्त्रि पाण्डे रिहा

प्रकाशित मिति:

पूर्ववनमन्त्री तथा कालिका कन्ट्रक्सनका प्रमुख विक्रम पाण्डे रिहा भएका छन् । विशेष अदालतले पाण्डेलाई भ्रष्टाचार मुद्दामा रु चार करोड धरौटी बुझाएर रिहा गर्ने आदेश जारी गरेपछि उनी रिहा भएका हुन् ।विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले बुधबार पाण्डेलाई सो रकम धरौटी बुझाएर रिहा गर्ने आदेश जारी गरेको थियो ।विशेष अदालतका रजिष्टार भीमकुमार श्रेष्ठका अनुसार पाण्डेलाई अदालतले आज हाजिर हुन भनिएअनुसार पाण्डे हाजिर भएर बहसपछि ग्लोबल बैंकको बैंक ग्यारेन्टी राखेपछि धरौटीमा रिहा भएका हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मङ्सिर २१ गते पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।पाण्डेसहित २१ जनालाई सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो ।