लुम्बिनी छोटी भंसारमा राजस्व असूलीमा बृद्धि

प्रकाशित मिति:

बिन्दु कुमार चौहान
लुम्बिनी , राज्यले आर्थिक सम्बृद्धिको सोच अगाडी बढाई रहेको बेला लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ स्थित लुम्बिनी छोटी भंसार कार्यालयमा २५ प्रतिशत राजस्व असूली कार्यमा बृद्धि भएको छ । भंंसार कार्यालयले गत आर्थिक बर्ष पुस महिनामा कुल पाँचलाख २७ हजार दुईसय २७ रुपैया मात्र राजस्व संकलन गरेकोमा यस आर्थिक बर्षको पुस महिनामा सात लाख सात हजार दुईसय ८९ रुपैया असूली गर्न सफल भए पछि २५ प्रतिशत बृद्धि भएको हो । सो कार्यालयले सार्बजनिक गरेको मासिक तथ्याँक अनुसार यस आर्थिक बर्षको पुस महिनामा भंसार महशूल शुल्क वापत ६ लाख २५ हजार दुईसय ६७ रुपैया,मुल्य अभिबृद्धि शुल्क वापत आयकर शुल्क वापत तीनसय ७८ रुपैया र कृषिसुधार शुल्क वापत तीनसय ६० रुपैया राजस्व उठाउन सफल भएको छ ।
यसै गरि गत आर्थिक बर्षको पुस महिना भरिमा भंसार शुल्क वापत चार लाख ६३ हजार चारसय ६६ रुपैया, मुल्यअभिबृद्धि शुल्क वापत ६२ हजार ६ सय २६ रुपैया, कृषिसुधार शुल्क वापत तीन हजार ६ सय ३५ रुपैया र भंसारसेवा शुल्क वापत रु. पाँचसय मात्र संकलन गरेको थियो ।
गतबर्ष भन्दा यस बर्ष कालीदह नाका मार्फत बढीमात्रामा भारतीय पर्यटकहरु ईण्डियन सवारी साधन प्रयोग गरि लुम्बिनी भ्रमण गर्न जाँदा राजस्व संकलनमा बृद्धि भएको लुम्बिनी छोटी भंसार कार्यालय प्रमुख बासुदेव अधिकारीले जानकारी गराए । यसै गरि द्वन्दकाल देखि बिस्थापित कदमहवा,मन्झरिया, दुर्गवलिया, सिबलवा लगायत छोटी भंसारकार्यालयहरु अझै नेपाल सरकारले स्थापित गर्न नसक्दा नेपालपक्षलाई ठूलो धनराशिको घाटा ब्योर्होनु परिरहेको अर्थ सम्बन्धी जानकारहरुले बताएका छन ।