डाक्टर केसीको अनसन प्रति शान्ती समाज अर्घाखाँचीको ऐक्यबद्धता

प्रकाशित मिति:

वाइड बडी जहाज खरिद प्रकरणका दोषीलाइ कारबाही गर्न माग
प्रेमनारायण आचार्य,अर्घाखाँची  । मानव अधिकार तथा शान्ति समाज अर्घाखाँची शाखाले सत्याग्रही डा.गोविन्द केसी र वाइड बडी जहाज खरिद प्रकरण प्रती चासो देखाउदै आज अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री के.पी.शर्मा ओली लाई ज्ञापनपत्र पठाएको छ । ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज वेल्वासे ले आजनै ज्ञापनपत्र प्रधानमन्त्री कार्यालय पठाउने बताउनु भएको छ ।
सत्याग्रही डा. गोविन्द केसीसँग चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवासँग सम्बन्धीत विषयमा विगतका सरकारहरुले र पछिल्लो सरकारले गरेका सहमतिहरु शिघ्र कार्यान्वयन गर्न र विगतमा १५ पटक अनसन बसिसक्नु भएका डा .केसी का उक्त मागहरु सरकारले स्वीकार गरी अनसन टुगिंएको थियो । तर संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट उपरोक्त सहमति विपरित चिकित्सा शिक्षा विधेयक पारितका कारण डा. केसीले गत पुस २५ गतेदेखि पुराना सहमति कार्यान्वयन लगायतका माग राखि इलामबाट १६ औँ पटक अनसन थाल्नुभएको र डा. केसीको विग्रदो स्वास्थ्य अवस्थाप्रति मानव अधिकार तथा शान्ति समाज ले गम्भीर चिन्ता व्यक्त गर्दै सत्याग्रही डा. गोविन्द केसीसँग विगतमा भएका सहमतिहरु शिघ्र कार्यान्वयन गरी डा. केसीले थाल्नुभएको सत्याग्रहलाई उचित निकास दिन आग्रह गरेको छ ।
साथै वाइड बडी जहाज खरिद प्रकरणमा व्यापक भ्रष्टाचार र अनियमितता भएको तथ्य प्रकाशमा आएको सन्दर्भमा वाइड बडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार र अनियमिततामा संलग्न हरुलाई कारबाही गर्न आग्रह गरिएको छ ।
उक्त ज्ञापनपत्र बुझाउन मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीका सभापति अशोक पौडेल समाज का केन्द्रिय प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ पाँच नम्बर प्रदेश सदस्य प्रेम नारायण आचार्य पत्रकार महासंघ अर्घाखाँचीका सचिव सुर्य प्रसाद भुसाल कोषाध्यक्ष बिनोद गैरे सह सचिव अनिल नेपाली पत्रकार सहयोगी बि सि अर्जुन भुसाल सुदन खड्का शान्ति समाज का सचीव नेत्र मरासिनी सदस्यहरु कृष्ण परियार बिशाल पौडेल लगाएत को टोलि गएको थियोे ।