थारु बगियाले मणिग्राममा नव वर्ष २६४३ माघी महोत्सव मनाउने

प्रकाशित मिति:

नरेश चौधरी,
नेपालीहरुको महान चाड खिचडी तथा थारुहरुको नव वर्ष माघीको अवसरमा थारु बगियाले रुपन्देहीको मणिग्राममा नव वर्ष २६४३ माघी महोत्सव तथा संस्कृतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रम यहि माघ ५ गते तिलोत्तमा ५ शान्ती नमुना मा।विको प्रङ्गणमा गरिने आयोजकले पत्रकार सम्मेलन गरि जनकारी दिएको छ । साथै माघी कै अवसरमा सोही कार्यक्रममा थारु वगिया डान्सीङ स्टार सिजन ६ को फाइनल कार्यक्रम गरिने र महोत्सवको आकार्षणका रुपमा डान्सिङ्ग स्टार हुने अयोजकले बताएको छ ।

महोत्सवमा थारु संस्कृति झल्कीने थारु नाचगान, भेषभुष, झांकी, थारु समुदायको खानपिन प्रदर्शन गरिने छ । परापुर्वकाल देखि थारु समुदायको बस्ती तराईमा रहेको र थारु समुदायको आफ्नो छुट्टाई पहिचान सहितको संस्कृति रहेको र त्यसलाई भावि पुस्तामा पनि संस्कृति बारे परिचित गराउन तथा लोप हुन लागेका संस्कृति, भेषभुष , पहिरन खानपनिलाई जगेर्न गर्ने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको थारु बागियाका अध्यक्ष मनिष चौधरीले जानकारी दिनु भयो ।  महोत्सबमा थारुनाच गान झुमरा, झर्रा, लाठी नाग, मयुर नाच, थारु खानपिनहरु घोङ्ही, ढिकरी, पतुस्नी, चिचिया, मछरी, थारु पहिरान धोति, लेहङ्गा, अङ्गिया प्रदर्शन तथा खरिद विक्री, थारु गरगहना, झांकी प्रदर्शन गरिने छ । कार्यक्रममा २०७४ को एस इ।इ। परिक्षामा उत्कृष्ट थारु विद्यार्थी, थारु जेष्ठ नागरिकहरुलाई सम्मान गरिने छ । कार्यक्रममा थारु बगिया डान्सीङ्ग स्टार सिजन ६ को अडिसन सकिएको र प्रतिस्प्रधीहरु मध्य विजेता घोषण गरिने छ । रुपन्देही , नवलपरासी, कपिलवस्तु जील्लाको विभिन्न स्थानमा अडिसन गरिएको र जम्मा २७ जना थारु प्रतीयोगीहरु सहभागी मध्ये टप १२ सम्म छानिएको र फाईनल कार्यक्रम गर्न लगिएको हो । प्रथम हुनेले रु ५० हजार , द्धितिय हुनेले ३० हजार, तेस्रोले २० हजार नगद पुरास्कार पाउने छन् । थारु बगिया डान्सिङ्ग स्टारका लागि कलाकार शकुन्तला चौधरी, महादेव थारु , देवेन्द्र चौधरीले निर्णयकको भुमिकामा रहनु भएको छ ।पत्रकार सम्मेलनमा जनकवि वम वहादुर थारु, थारु बगियाका रोहन पृथक लगाएतले थारु कला, संस्कृती, भेषभुष, भाषा संरक्षणका लागी महोत्सवको आयोजना विगत देखि नै गर्दै आएको र यो वर्ष पनि त्यसैको निरान्तरता रहेको बताउनु भयो ।