पश्चिम नवलपरासीको सरावल गाउपालिकामा बंदेलको आतंक

प्रकाशित मिति:

नवलपरासी/पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर १ मा बंदेलको आतंक बढेको छ । वडा नम्बर १ को पथरहिया, सालबास, आनन्दनगर, सिमलटारी, बासाबसही लगाएत विभिन्न क्षेत्रहरुमा बन्देलको आक्रमण दिनहु बढ्दै जादा दिउसोको समयमा खेतबारीमा जादा पनि डरत्रास हुने गरेको स्थानियबासी चौधरीले जानकारी दिनुभएको छ । सो क्षेत्रहरु जंगलको क्षेत्र भएकोले जंगलबाट आएका जंगली बंदेलहरुले खुलेआम आतंकले खेतमा लगाइएका हिउदे बालीलाई नोक्सानी पुर्याउनुका साथै मान्छेलाई समेत आक्रमण गर्ने गरेको चौधरीले जानकारी दिनुभएको छ ।

त्यस्तै सरावल गाउपालिका वडा नम्बर १ को विभिन्न स्थानमा बंदेलको आक्रमणमा परि ४ जना घाइते समेत भएका छन । धाइते हुनेमा सरावल १ बस्ने बैजनाथ कामीको ११ बर्षकी छोरी सलिना भनिने रिता विक, सरावल वडा नम्बर २ स्थित कुटी बस्ने विक्रम महतोको छोरा बर्ष २५ का राम प्रसाद महतो, सरावल वडा नम्बर १ बस्ने बालदेव महतोका छोरा बर्ष २८ का प्रेम नारायण महतो र रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर ११ बस्ने बाबुलाल महतोको छोरा बर्ष २५ का भुवन महतो रहेको बर्दघाट सरावल सब डिभिजन वन कार्यालय बर्दघाटका रेञ्जर जय प्रकाश यादवले जानकारी दिनुभएको छ ।

बन्देंल आक्रमणको घटनाबारे थाहा पाउने वितिक्कै बर्दघाट सरावल सब डिभिजन वन कार्यालय बर्दघाटका दुई जना कर्मचारी र स्थानिय प्रहरी चौकी बासाबसहीका एक प्रहरी जवान गरि ३ जना सम्मिलित गएको टोलीले विहिबार विहानै घटनास्थलको निरिक्षण गरेको रेञ्जर यादवले बताउनुभएको छ । घाएते चार जना मध्य सलिना भनिने रिताको घट्नास्थलमै मुचुल्का उठाई जिल्ला डिभिजन वन कार्यालय पश्चिम नवलपारासीमा पठाइसकिएको र बाकी ३ जना घाइतेको सम्बन्धित मान्छे समयमै सम्पर्कमा नआइदिदा मुचुल्का उठाउन ढिलो भएको भएपनि अहिले भने बाकी ३ जना घाइतेको पनि घटनास्थल मुचुल्का उठाइसकिएको र भोली शुक्रबार जिल्ला डिभिजन वन कार्यालय पठाइने यादवले बताउनुभएको छ । घाइतेमध्य ११ वर्षिय सलिना भनिने रिता विकलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज भैरहवा रुपन्देहीमा रिफर गरिएको र बाकी ३ जना घाइतको देवदह मेडिकल कलेज रुपन्देहीमा उपचार भइरहेको बर्दघाट सरावल सब डिभिजन वन कार्यालय बर्दघाटका रेञ्जर जय प्रकाश यादवले जानकारी दिनुभएको छ ।