सरावल गाउपालिकामा वडा समति गठन

प्रकाशित मिति:

नवलपरासीको / पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर १ र २ मा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विहिबार वडा समति गठन गरिएको छ । सरावल गाउपालिका वडा नम्बर १ का वडाध्यक्ष भेष नारायण चौधरीको समयोजकत्वमा १२ सदस्सिय र सरावल वडा नम्बर २ का वडाध्यक्ष शम्भु चौधरीको समयोजकत्वमा १२ सदस्यिय गरि वडा नम्बर १ र २ कै छुट्टा छुट्टै वडा कार्यालयमा समिति गठन गरिएको वडा नम्बर १ स्थित बासाबसही प्रहरी चौकीका असई बौधशंकर चौधरीले जानकारी दिनुभयो ।

चौधरीले वडा नम्बर १ र २ मा बस्ने स्थानिय वडाबासीहरुलाई कुनै किसिमको खतराहरु भोग्न नपरोस भनि वडा नम्बर १ र २ मा शान्ति सुरक्षा कायम गर्न यस किसिमको समिति गठन गरिएको बताउदै असई चौधरीले गाउघरमा अत्याधिक मात्रामा बढदै गईरहेको अपराधहरुलाई नियन्त्ररण गर्न, लागुपदार्थ दुव्र्यसन, महिला हिंसा, घेरेलु मदिरापान नियन्त्रण, बाल विवाह, बलात्कार लगाएतका सामाजिक विकृतीलाई नियन्त्रण गरि समाजलाई समुन्नत समाज निर्माण गर्ने उदेश्यले समिति गठन गरिएको बताउनुभयो ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सरावल गाउपालिकाको वडा नम्बर १ र २ मा वडा समिति गठन गरिएको र यस अभियानलई निरन्तरता दिदै सरावल गाउपालिकाको सबै वडामा यसैगरि समिति गठन गरिने र समिति गठनले पुर्णता पाउना साथ सो अभियानले सरावल गाउपालिका स्तरिय नै समिति गठन गर्ने चौधरीले जानकारी दिनुभएको छ । सो अवसरमा सरावल गाउपालिकाका जनप्रतिनिध। स्थानिय समाजसेवी, बुद्धिजिवी लगाएतको उपस्थिती रहेको थियो ।