क्रान्तिकारी पत्रकारद्वारा सल्यानमा बृहत अन्तरकृया कार्यक्रम

प्रकाशित मिति:

सल्यान / क्रान्तिकारी पत्रकार संगठन नेपाल जिल्ला शाखा सल्यान शाखाले आज खलंगामा बृहत अन्तरकृया कार्यक्रम गरेको छ । “जनपक्षीय पत्रकारिता आजको आवश्यकता” बिषयक अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्न संगठनका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रेले राज्य पक्ष बाट जनपक्षीय पत्रकारिता कमजोर पार्ने षड्यन्त्र भईरहेको टिप्पणी गरेका छन् । जिल्ला सदरमुकाम खलंगामा आयोजना गरेको जनपक्षीय पत्रकारिता आजको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डुम्रेले राज्यले योजनाबद्ध ढंगले मिडिया र मिडियार्मिलाई दमन गर्ने योजना बनाएको दाबी समेत गरे। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डुम्रेले राज्य मिडियाकर्मिबाट डराएर दमन गर्न खोजेको बताए पत्रकारले जनताको आवाज उठाउदा सरकार त्रसित हुँदै दमन गर्न थालेको उनको तर्क थियोे ।

सरकारले जनताका आवाज बन्द गर्नलाई साना मिडियामा हस्तक्षेप गर्ने र ठुला मिडियालाई विज्ञापन दिएर रोक्ने गरेको बताए । साना र ठुला मिडियालाई सरकारको हेर्ने दृष्ट्रिकोण फरक भएको भन्दै उनले साना मिडियालाई बन्द गर्न तिर सरकार लागेको आरोप लगाएका छन् । मिडियामा कुनै व्यक्तीले लगानी गरेर समाचार बन्देज गर्न खोज्नु पत्रकारिताको घाँटी निमोठिए जस्तै भएको उनले बताए । लगानी र समाचारको पाटो फरक भएको भन्दै उनले सत्य समाचार लेख्न पत्रकार नडराउनु पर्ने बताए ।
अहिले नेपालका ठुला मिडिया विज्ञापन पाएमा समाचार राम्रो लेख्ने र नपाएमा नराम्रो नलेख्ने भन्दै उनले पत्रकारिताको बदनाम भएको बताए । पत्रकारका नाममा धेरै संगठन खोलेर आइ।एन।जि।ओ बनाएर डलर कमाउने काम केहि पत्रकारले गरेको पनि उनको आरोप थियो ।

पत्रकारले कुनै डर, धम्की र प्रलोभनमा परेर समाचार लेख्ने काम गर्न नहुने उनले बताए । सधै पत्रकारले जनपक्षीय काम गर्नु पर्ने भन्दै उनले गल्ती गर्ने जो कोहिलाई खबरदारी गर्नुपर्ने बताए । सबै पत्रकार मिलेर जनपक्षीय काम गर्न उनले आग्रह गरे।कार्यक्रमका विशिष्ट अथिती नेकपा सल्यानका इन्चार्ज डिल्लीराज शर्मा विश्वले सरकार डराउने भनेकै पत्रकार सँग भएको बताएका छन् । बन्दुक भन्दा पत्रकारको कलम बलियो भएकाले सरकार पत्रकार सँग डराएको उनको तर्क छ । त्यस्तै उनले सरकारले आफ्ना पार्टीका मान्छेलाई धरपकट गरे आफुहरुले पनि धरपकट गर्ने उनको चेतावनी छ ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय महासचिव हिम विस्ट, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य टेकराज शाही, अकोरावका कणृली प्रदेश संयोजक रमेश कुमार गौतम, क्रान्तिकारी पत्रकार संगठनका राप्ती, लुम्बिनी संयोजक दिपेश विस्ट, मानवअधिकार कर्मी दिपेन्द्र शाही, नेपाल पत्रकार महासंघ सल्यान शाखाका सहसचिव शिव डाँगी लगाएतले मन्तव्य राखेका थिए । संगठनका जिल्ला अध्यक्ष योगराज विकको सभाअध्यक्षता र उपाअध्यक्ष विरेन्द्र डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव खेकन्द्र केसीले गरेका थिए ।