पारदर्शी प्रक्रियाबाट नेपालीहरु जापान जान्छन् : मन्त्री विष्ट

प्रकाशित मिति:

काठमाडौं \ पारदर्शी तथा प्रतिस्पर्धी प्रक्रियाबाट नेपालीलाई जापान रोजगारी दिलाउन दुवै देशका अधिकारी सहमत भएका छन्। जसका लागि दुवै देशका अधिकारी सम्मिलित संयन्त्र बनाउने सहमति भएको छ। नेपाल र जापानका सरकारी अधिकारीहरुको प्राविधिक समितिको वैठकले श्रमिक आपूर्तिका लागि नयाँ संयन्त्र बनाएर अघि बढ्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नागरिक न्युजलाई बताए । नेपाली कामदार लैजाने विषयमा जापान सहमत छ।

तर कसरी पठाउने भन्ने मोडालिटी टुंगिसकेको छैन। नेपालीहरु न्यून लागतमा पारदर्शी ढंगबाट जापान जानुपर्छ भन्नेमा कुनै असहमति छैन। त्यसका लागि संयन्त्र बनाउने सहमति भएको छू उनले भने। दुई देशका प्राविधिक अधिकारीको आगामी छलफलले कामदार पठाउने करिव सबै विषय टुंग्याउने मन्त्री विष्टको विश्वास छ। वैठकमा आप्रवासनका क्षेत्रमा स्थापित नविनतम् मान्यता अनुरुप कामदार पठाउने विषय छलफल भएको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिए। वैठकमा जापानी अधिकारीले केही समय अघि जापानको संसद बाट पारित अध्यागन सम्बन्धी नयाँ व्यस्थाबारे जानकारी गराएको प्रवक्ता रेग्मीले बताए। प्राविधिक समितिको वैठकले नेपाली कामदारले जापानमा सिकेको सीप,ज्ञान र अनुभवलाई उद्यमशीलता मार्फत नेपालको विकासमा योगदान पुर्याउने वातावरणको सिर्जना गर्न दुवै देशले सहकार्य गर्ने सहमति भएको छ।