आजको राशीफल

प्रकाशित मिति:

मेष राशिः कार्य लाभ, आर्थिक उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ । वृष राशिः आटेका काम बन्नेछन् , आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्नेछ । मिथुन राशिः आर्थिक अस्थिरता रहनेछ, मनमा चपलताका साथै स्वास्थ्यमा पनि केही असहजता रहनेछ ।कर्कट राशिः आर्थिक लाभ हुनेछ, मित्र सुखका साथै सुखद् यात्राको योग देखिन्छ । सिंह राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । कन्या राशिः मनमा प्रशन्नता रहनेछ, कार्य उन्नतिका साथै भौतिक वस्तु लाभदायी रहनेछन् ।तुला राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै आर्थिक अस्थिरता रहने देखिन्छ । वृश्चिक राशिः धन लाभ, मित्र सुखका साथै भौतिक वस्तु लाभदायी रहनेछन् । धनु राशिः मित्र लाभ, कीर्ति वृद्धिका साथै मनमा उत्साह छाउनेछ । मकर राशिः कार्य लाभ, धन प्राप्तिका साथै यात्राको योग देखिन्छ । कुम्भ राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अस्थिरताका साथै व्ययमा वृद्धि हुने देखिन्छ ।मीन राशिः पराक्रम बढ्नेछ, व्यवसायमा वृद्धिका साथै धार्मिक कार्यमा रुचि जाग्ने देखिन्छ । उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्