आफ्नो प्रशंसा आफैले किन गर्नुहुँदैन हेर्नुहोस् आजको नीति वचनमा

प्रकाशित मिति:

आत्मनिन्दा त्मपूजा च परनिन्दा परस्तवः । अनाचरितमार्याणां वृत्तमेतच्चतुर्विधम् ।। – महाभारत आफ्नो निन्दा र आफ्नो प्रशंसा, अरुको निन्दा र अर्काको स्तुति यी चार प्रकारका आचरण असल व्यक्तिले कहिल्यै गर्दैनन् । आफ्नो निन्दा र आफ्नो प्रशंसा कहिल्यै नगर्नु भन्ने व्यासको उपदेश पाइन्छ । जसले स्वयं आफ्नो निन्दा र प्रशंसा गर्छ ऊ कदापि असल व्यक्तिको कोटिमा रहन सक्दैन । यसैगरी अरुको निन्दा र अरुको स्तुति पनि निन्दनीय कार्य मानिएको छ । जुन असल व्यक्तिका लक्षण अन्तर्गत पर्दैनन् । व्यक्ति असल हुन उसको चरित्र पनि सही हुनु आवश्यक हुन्छ । त्यसैले असल वयक्तित्वको पहिचानका निम्ति पनि आफ्नो निन्दा र प्रशंसा अनि अरुको निन्दा र अरुको स्तुति गान गर्नुहुँदैन भन्ने महाभारतको नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –