सैनामैना नगपालिकाले मनपरि सडक मर्मत कर उठाउदै, मर्मत नाममा पैसा नउठाउन सर्बोच्चको आदेश

प्रकाशित मिति:

सडक मर्मत दस्तुर तथा सडक कर नउठाउन सर्वोच्च अदालत काठमाण्डौले सैनामैना नगरपालिका वुद्धनगर रुपन्देहीलाई अल्पकालीन अन्तरिम अदेश दिएको छ । सर्वोच्च अदालत अनिलकुमार सिन्हको एक न्यायाधिसको इजलासले सो आदेश दिएको हो । सैनामैना नगरपालिका वुद्धनगरको ठेकेदार स्वाभिमान कन्ट्रक्सनको रासिदमा रु ५०० र त्यसमा लाग्ने १३ प्रतिशत मुल्य अभिवृद्धि कर उठाएकोले र नेपालको संविधानको अनुसुचि ८ मा स्थानिय तहको अधिकारको सुचिमा त्यस्तो दस्तुर उठाउन पाउने बरे स्पाष्ट ब्यवास्था नरहेको भन्दै सवारी सधानहरुमा सडक मर्मत दस्तुरको नाममा रकम नउठाउन सर्वोच्च अदालतको नियमावली २०७४ को नियम ४९९२०ख बमोजिम अन्तरिम आदेश जारी गरिएको हो ।

वनेश्वर कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा।लिका तर्फबाट श्याम प्रसाद अधिकारीले सैनामैना नगरपालिका विरुद्ध यहि पौष २७ गते शुक्राबार निवेदान दार्ता गराएका हुन् । सर्वोच्चले उत्प्रेरण परमादेश जारि गर्दै निवेदकको माग बमोजिम अन्तरिम आदेश जारि गर्नु पर्ने नपर्ने सम्बन्धमा छलफल गर्न विपाक्षीलाई सूचना दिई पेश गर्नु । उपर्युक्त बमोजिम छलफल नभए सम्म हाललाई निवेदकको सवारी साधनहरुमा सडक मर्मत दस्तुर को नाममा रकम नउठाउनु भनिएको छ ।