हराएको एक महिनामा पनि भेटिएनन् वडाध्यक्ष

प्रकाशित मिति:

अर्घाखाँची – मालारानी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णुप्रसाद भुसाल ९विनोद० हराएको एक महिना पुगेको छ । तर उनको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।गएको पुस २ गते मालारानी २ डाडाकटेरीमा रहेको घरबाट वडा कार्यालयको मोटरसाइकल सर्भिसिङ गर्न भन्दै सन्धिखर्क गएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्कविहीन भएका थिए ।गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ गए भन्ने बारे अहिलेसम्म थाहा हुन सकेको छैन ।

भुसाल बेपत्ता भएको अर्को दिन ३ गते नै प्रहरीमा जानकारी गराइ खोजी गर्न सुरु गरिएको थियो ।भुसालले चलाउने गरेको मोटरसाइकल सन्धिखर्क ग्यारेजमा बनाउन दिएका थिए । त्यसपछि भुसाल गोरुसिंगेतर्फ लागेका थिए । मोबाइल बसमा खसालेकोले मोबाइल बस चालकले घरमा ल्याइदिएका छन् । प्रहरीले खोजी कार्य जारी राखेको बताएको छ ।

गोरुसिंगेबाट उनको मोबाइल ल्याउने बस चालक, तथा मोबाइल पुर्याउनेसहित तीन जनालाई प्रहरीले निगरानीमा राखेको तथा अन्य सम्यन्त्र प्रयोग गरेर खोजी भैरहेको प्रहरीले बताएको छ । हराएको एक महिना बित्दा पनि उनको अवस्था के छ भनेर पत्ता लाग्न सकेको छैन ।