स्वतन्त्र पत्रकार संघ रूपन्देहीको तेस्रो अधिबेशनको तयारी पुरा

प्रकाशित मिति:

रूपन्देही/स्वतन्त्र पत्रकार संघ नेपाल रूपन्देहीको तेस्रो अधिबेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।माघ ५ गते शनिवार बुटवलमा हुने तेस्रो अधिवेशनको सम्पूर्ण तयारि पुरा भएको हो ।पत्रकार बन्नु त स्वतन्त्र बन्नु स्वतन्त्र नै हो पत्रकार भन्नू भन्ने मुल नारा सहित संगठित स्वतन्त्र पत्रकार संघ नेपाल रूपन्देही शाखाको स्थापना २०६९ सालमा भएको हो ।

शनिबार हुने अधिवेशनमा राष्ट्रिय अध्यक्ष कृष्ण प्रसाद वास्तोला लगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा अधिवेशन भव्यताका साथमा सम्पन्न गर्नेगरी तयारि पूरा भएको रूपन्देही शाखाका कार्यवाहक अध्यक्ष अनिल पहाडीले वताए ।