हचुवाको भरमा राज्यले व्यवसायीलाई दुःख दियो : अध्यक्ष श्रेष्ठ

प्रकाशित मिति:

पुनहरि बेल्बासे भैरहव,/ सरकारले कुन व्यवसायीले सिण्डिकेट लागु गर्यो भन्ने अध्ययन नै नगरी हचुवाको भरमा ट्रक व्यवसायीलाई सिण्डिकेट लागु गरे भनी दुःख दिएको नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताउनुभएको छ । मेचिमहाकाली अभियानमा हिडेको महासंघले आज भैरहवामा व्यवसायी सँगको भेटघाटका क्रममा यस्तो कुरा बताएका हुन्  सिण्डिकेटको आरोप लगाएर राज्यले ट्रक व्यवसायीलाई अनावश्यक दुःख दिएपछि सर्वोच्च अदालत सम्म पुगेको विवादलाई सर्वोच्चले मन्त्रिपरिषद्को निर्णय नै विवादित भएकोले अन्तरिम आदेश दिँदा दिँदै गृहमन्त्रालयले गत पुस २२ गते ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत व्यवसायी समितिका चल अचल सम्पत्ति नेपाल सरकारको मातहतमा रहने पत्र पठाएकोमा दुःख व्यक्त गर्दै कडा संघर्षमा उत्रने श्रेष्ठले बताउनुभयो ।

व्यवसायीलाई बिमा पोलिसी अनुसार गाडी दुर्घटना हुँदा छुट्करा नपाएको र बार्गेनीङ् गर्ने, क्यास पैसा माग्ने, सरकारले सरकारी अस्पतालमा उपचार गराउन भनेकोमा निजी अस्पतालमा उपचार गराउने, भारतीय ट्रकले ओभरलोड बोक्दा बाटो बिग्रनुका साथै नेपाली ट्रक व्यवसायी धरासायी बन्ने अवस्थामा पुगको जस्ता समस्या झेल्दै आएको र देशैभर स्वतन्त्र रुपमा मालसामान ढुवानी गर्ने व्यवसायीलाई अध्ययन नै नगरी अनावस्यक रुपमा दुःख दिएको छ । हामी ट्रक व्यवसायीले २०७१ सालको भाडादर कायम गरी व्यवसाय सञ्चालन गरेका छौँ ? राज्यले तोकेको भन्दा कम भाडामा यातायात सञ्चालन गरेका छौँ ? अध्यक्ष श्रेष्ठले भन्नुभयो । भैरहवामा प्रतिकिलो ६० रुपैँया पर्ने चामल काठमाडौँमा ८० रुपैँया पर्छ, हामी ट्रक व्यवसायीले भैरहवाबाट काठमाडौँ सम्मको प्रतिकिलो भाडा १ रुपैँया ५० पैसा मात्रै लिएका छौँ ? सिण्डिकेट कता छ भन्ने किन बुझ्न सक्दैन सरकार ? उहाँले प्रश्न गर्नुभयो ।

एउटा गाडीबाट मात्रै बार्षिक रुपमा टिडिएस १ लाख ५० हजार सम्म तिरेको छ । त्यो पैसा कता गयो ? एउटा गाडिले कति ठाउँमा कर तिर्ने ? भन्दै राज्यले एकद्वार प्रणालीबाट कर लिनुपर्ने नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र बिक्रम बानियाले बताउनुभयो । उहाँले भन्नुभयो ‘टिडिएसको विषयमा पनि सरकारले अनुसन्धान नगरी लिएको छ ।’सरकारकै नीति नियमले गर्दा व्यवसायी धरासायी हुने स्थितिममा पुग्नुका साथै भारतीय ओभरलोड बोकेका गाडिले नेपालमा मालसामान ढुवाली गर्दा बाटो बिग्रने र भत्कने गरेको लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष बिष्णु प्रसाद खरेलले बताउनुभयो ।