सडकमै चालकको स्वास्थ्य परिक्षण

प्रकाशित मिति:

सुरेश परियार,सैनामैना/ नेपाल ट्राफिक प्रहरीले सडकैमा सवारी चालकको स्वास्थ्य परिक्षण गरेको छ । चालकहरुकै लापरबाहि तथा उनीहरुको शारीरिक अस्वस्थ्यताका कारण सवारी दुर्घटना बढिरहेको भन्दै प्रहरीले यो अभियान देशैभरि लागु गरेको हो । जिल्ला ट्राफिक कार्यालय भैरहवा रुपन्देहीले आज सैनामैनाको सालझण्डीमा सवारी चालकहरुको स्वास्थ्य तथा सवारी साधनको मेकानिकल परिक्षण गरेको छ ।पुर्व पश्चिम राजमार्गमा गुड्ने छोटा तथा लामो दुरीका यात्रु तथा मालबहाक सवारी साधनलाई जेकजाँच तथा चालकहरुको स्वास्थ्य परिक्षण गरिएको हो । आज भएको परिक्षणमा ८८ जना सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।जस मध्ये १४ जना चालकहरुको स्वास्थ्यमा समस्या देखीएको र उनीहरुलाई उपचारका लागी प्रहरीले आग्रह गरेको छ ।

धेरै जसो चालकहरुमा प्रेसर,सुगर,नेत्र सम्बन्धत्री रोग र मापसे गरेको समस्या देखीएको पाइएको छ भने केही सवारी साधन कंडिसन युक्त नभएको भेटिएको प्रहरीको प्रारम्भीक चेकजाँचले देखाएको छ । आजको मेडिकल सहयोग लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवाले गरेको थियो ।मानवीय तथा यान्त्रीक त्रुटिले दैनिक सवारी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवा रुपन्देहीका प्रहरी निरिक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।प्रहरी निरिक्षक पौडेलले सवारी आवगमनमा सहजता ल्याउन र दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने उदेश्यले प्रहरीले यो नयाँ कदम चालेको दाबी गरे । छोटा एवं लामो दुरीका यात्रु तथा मालबहाक सवारी साधन र चालकहरुमाथि कडा निगरानी गर्नाले निकट भविष्यमा आउने जोखीम मोल्नु नपर्ने पौडेलको भनाई छ ।नेपाल ट्राफिक प्रहरीले ७७ वटै जिल्लामा यो अभियान सञ्चालन गर्दैछ ।