सुस्ता गाउपालिकाका उखु किसानहरुको भेला कुडियामा सम्पन्न

प्रकाशित मिति:

नवलपरासी/ पश्चिम नवलपरासीको सुस्ता गाउपालिकाका उखु किसानहरुको भेला शुक्रबार कुडियामा सम्पन्न भएको छ । कुडियाका अगुवा उखु किसान प्रेमचन्द्र गुप्ताको अध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलामा चालु उखु क्रसिंग सत्रमा चिनि कारखाना सञ्चालनमा आउन ४५ दिन ढिलाई भएकोमा किसानहरुले चिन्ता ब्यक्त गरेका थिए । सो अवसरमा नेपाल सरकारले उखुको मुल्य प्रति क्वीन्टल ५ सय ३६ रुपिया निर्धारण गरेकोमा चिनीको मुल्य प्रतिकिलो ५३ रुपिया मात्र कायम भएकोमा हालको समयमा चिनि कारखाना सञ्चालन गर्न नसकिने कारखानाका सञ्चालक राम थापाले जानकारी दिनुभएको थियो ।

उता उखु किसानहरुले उखुको मुल्य राज्यले निर्धारण गरे अनुसार कारखानाले खरिद गर्नुपर्ने माग राख्ने र चिनिको मुल्य बढाउन सरकारसंग अपिल गर्ने पनि बताएका थिए । माघ महिनाको पहिलो साता सम्म आई पुग्दा चिनि कारखाना सञ्चालन ढिलाइले किसानको चिन्ता र आक्रोश बढ्दै गएको उखु किसान रियाजुल अंसारीले बतउनुभएको छ । उखु किसान र चिनि कारखानाको ब्यवस्थापन बीचमा वार्ता चलिरहेको भएपनि सो भेला निष्कृर्षमा पुग्न नसकेको बताइएको छ ।