तनहुँ कांग्रेसमा साँढेको जुधाईमा वाच्छाको मिचाई छोड्देउ प्रकाश सकिएनी सकिउन

प्रकाशित मिति:

प्रकाश अधिकारी  \ तनहुँ कांग्रेसमा साँढेको जुधाईमा वाच्छाको मिचाई छोड्देउ प्रकाश सकिएनी सकिउन भन्नेहरूको जमात पनि कम छैन यहा ए प्रकाश भाई रामचन्द्र पौडेल र गोविन्दराज जोशी बीचको लडाइँले तनहुँ कांग्रेस सक्किएनी सक्कियोस् छाड्देउ के मतलब तिमी हामीले चिन्ता लिएर केहि हुदैन भन्नेहरूको जमात पनि कम छैन यहाँ तर जमातको आवाजलाई म र म भित्रको प्रकाशले कहिल्यै मान्दैन।तनहुँको सदरमुकाम दमौलीमा मंसिर पौषको चिसो र जाडो सकिए पनि माघको शुरूवाती चिसै छ। महाऋषि वेदव्यास महाभारत ग्रन्थका रचयिताका वावु पराशरले  उत्पत्ति गरेको कुहिरो त दमौलीमा लाग्ने नै भयो। मानिसहरू बिहानैदेखि मर्डिङ्ग वाक र चियाको चुस्की लिन दमौलीका चिया पसलमा भरिभराउ हुन पुग्छन् । धनाढ्य व्यवसायी र विशेषगरी नेपाली कांग्रेस र वाम गठवन्धनका टोले देखी जिल्ला स्तरका नेताहरू चिया पसलमा पार्टीका नेता र जिल्लाका नेताहरूको चर्चा परिचर्चा गर्ने गर्दछन्। सेतीमादी नदी नजिकै भएर होला बजारमा चिसो हावाले सहरको मुख्य भागमा जाडो थपिरहेको हुन्छ।त्यो दिउसोको चम्किलो घामलाई पनि ओझेलमा पार्न खोज्छ। चिसो मौसममा दमौली अर्थात विभिन्न कामले बजार आएका तनहुँ बासीहरूले तातो वस्तु र तातो पदार्थको खोजी गर्नु अस्वाभाविक होइन ।

मानिसहरूकै भिडमा म जस्तै धेरै युवा वाल वृद्ध अधवैशे विद्यार्थी तातो मःम जस्तै राजनीतिक दलहरूका तातो कुरा गरेको सुन्न वढी रुचाउँछन्। । कांग्रेस पार्टीमा होस् वा कम्युनिस्ट पार्टीमा अथवा वैकल्पिक भनिने भर्खर–भर्खर जन्मिएका ससाना टोले टाकुरे पार्टीमै भए पनि, कुरा अलि चर्कियोस्, भनाभनको अवस्था आओस्, रमाइलो होस् भन्ने चाहन्छन्। सहरको जटिल जीवनमा अलिकति कुरा गर्ने बहाना त चाहिन्छ नै। कम्युनिस्टका आन्तरिक व्यक्तिगत कुराहरू खासै बाहिर आउदैनन् शिशिमा मरेको मुसाको दुर्गन्ध फैलिएझै फलियपछि थाह हुन्छ साना नेता भएर पनि होला तर नेपाली कांग्रेसका नेताहरूका कुरा यतिखेर चिया पसल देखि हरेक स्थानमा सुनिन थालेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टीको सदस्य समेत नरहने गरि कार्वाहीमा परेका गोविन्दराज जोशी दुई ठुला नेताको वारेमा निकै चर्चा हुन्छ सायद यी दुईको द्वन्द २०३०र३१ साल बाटै भएर पनि होला नजिकबाट बुझ्नेहरू बताउँछन्। आफूलाई कार्वाही गरेको भन्दै जोशी पक्षघर यही ८ गते विशेष जिल्ला अधिवेशनको तयारीमा जुटेका छन् भने यो कथित जिल्ला अधिवेशनमा नजान तनहुँ कांग्रेसले कार्यकर्तालाई आव्हान गर्दै आएको छ। गत निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध उम्मेद्वारी दिएका जोशीलाई पौडेलले निर्वाचन आयोगमा अयोग्य भन्दै निवेदन दिएपछि जोशीको उम्मेद्वारी निर्वाचन आयोगले खारेज गरको थियो। त्यसपछि जोशी पौडेल तथा तनहुँमा कांग्रेसलाई ध्वस्त पार्दिने रणनीतिमा थिए। हुनत टिकट वितरण अगाडि नै आफूलाई टिकट नदिए जोशीले तनहुँमा देखाइदिने भन्दै पौडेललाई दबाब र पार्टीलाई धम्कि दिसकेका थिए। जोशीले देखाईदिने भन्दा तनहुँका जनता के देखाउछन् भनेर उत्सुक थिए तर उन्ले देखाउन सकेन आफै पो उठ्नै नसक्ने गरि देखिए । बुधबार पत्रकार सम्मेलन गर्दै जोशीले हामीहरू राजनिती र पार्टी छाड्नु पर्ने कि त लड्न पर्ने भएको कारण हाम्रो अधिवेशन कसैले रोकेर नरोकिने र अधिवेशनको तयारीमा लागेको पत्रकार सम्मेलनमा बताएका थिए। आफ्ना केही समर्थक लिएर पत्रकार सम्मेलन गरेका जोशीले रामचन्द्र पौडेलका विरुद्ध निकै टीकाटिप्पणी गरेका थिए सामाजिक संजालमा भाईरल भिडियोमा देख्न पाईएको छ । नेपालका बिपी कोइराला, भारतका जवाहरलाल नेहरू र इन्दिरा गान्धी, बेलायतकी मार्गरेट थ्याचरलगायत धेरै लोकप्रिय नेताले विधान कहिल्यै मिचेनन्, विवेकले निर्णय लिए। तर, तनहुँमा पौडेल र जोशीको स्वार्थ र वलियो वन्ने प्रतिस्पर्धाले तनहुँ कांग्रेसका भावी पुस्तालाई समेत ठेस लाग्ने संभावना उत्तिकै छ। मेरो घर व्यास १२ देउराली हो। दमौली बजारबाट ८ किलोमिटर पूर्व पृथ्वी राजमार्ग नजिकै मेरो घर छ। कुहिरोले अन्धाधुन्ध ओसीलो वनाएको हाम्रो गाउँमा पार्टीका हिसाबले सबै पार्टीका बराबर जस्तै छन्। मेरो बुवा आमा अशिक्षित भएपनि चुनावमा रूखमा भोट हाल्न कहिले हिचकिचाउनु भएन गर्वका साथ रूखमा भोट हाल्नु हुन्छ।

म ७र८ कक्षा पढ्दैमा नेविसंघ भएको हो।मलाई नेतालाई भेट्दा जय नेपाल भन्न नेविसंघका पुर्व केन्द्रीय सदस्य कोषन पन्तले सिकाएका हुन् भने जिल्लामा नेविसंघका पुर्व जिल्ला अध्यक्ष अमर गिरी र लक्ष्मीभक्त खनाल दाईहरू चिनेको थिए।कोषन दाई मेरो छिमेकी पनि हुनुहुन्छ। दमौली सानो ठाउँ बजार छ।धेरै मानिसहरू भेट्टिछन् ठोक्किछन्। तर मैले सामाजिक संजालमा बितेका दिनमा जे जस्तो भएता पनि भावी दिनहरूमा पौडेल जोशी सबै एक हुदै मिल्नुपर्छ थला परेको तनहुँ कांग्रेस उकास्नु पर्छ भनेर हिडेकैछु। तर हामीले भनेर खासै तुक राख्दैन त्यो पनि मलाई राम्रो सँग थाहा छ। ओइ प्रकाश भाई पौडेल र जोशी बीचको लडाइँले तनहुँ कांग्रेस सक्किएनी छोड्दे के मतलब तँ हामीले चिन्ता लिएर केहि हुदैन भन्नेहरूको जमात पनि कम छैन यहा अर्थात दमौली बजारमा दिनप्रतिदिन भेट्ने केही नेता र मेरा समकक्षीहरूले मलाई दैनिक भन्छन्। तर २००७ सालको क्रान्ति देखि स्व। श्रीभद्र शर्मा, रामप्रसाद खनाल, सुर्यभक्त अधिकारी, बखान सिं गुरूङ, गोवर्धन शर्मा, पदमबहादुर आले, तारापति भट्टराई, होमराज लोहनी, सरस्वतीकृण्ण श्रेष्ठ, विण्णु जमरकट्टेल, कल्याण खनाल लगाएत दर्जनौं नेताहरूले रगत,पसिना र जीवन बगाएका थिए। हाल जिवितै रहेका तपाईंहरू दुवै र अमरराज कैनी,रामचन्द्र पोख्रेल,रधुनाथ पौडेल, तेजबहादुर पन्त, मोतिकुमार श्रेष्ठ, समुन्द्र गोदार, बुद्धिकुमार श्रेष्ठको पसिना र छत्रराज भण्डारी तथा प्रेमराज उप्रेती लगाएतको रगत पनि बगेको छ। यदी कांग्रेस विग्रियो भने यी जीवित र वितेका सवैको रगत पसिना र जीन्दगीले श्राप दिन्छ। तनहुँ कांग्रेसका साँढेको जुधाईमा वाच्छाको मिचाईस् छोड्देउ प्रकाश सकिएनी सकिउन भन्ने आवाज संग म साथ रहन सक्दिन वरू एक्लै किन नहु। जव सम्म कांग्रेस हुन्छु यो श्राप खाने वाटोमा म कहिल्यै लागिदिन। समाज,जिल्ला र राष्ट्र परिवर्तनको लागि अहोरात्र खट्ने सबैले पद र पैसा पाएका छैनन् , सवै सत्तामा पुगेका छैनन् जति तिमी दुई पुगेका छौ। सबै पदका भोगि हुदैनन् जस्तो लाग्छ। त्यसैले मलाई व्यक्तिगत केही पाउन भन्दा पनि पार्टी र संस्था बचाउन सबै लाग्नुपर्छ भन्ने लाग्छ। त्यसैले मैले मात्र होइन सबै कांग्रेसमा आबद्ध भएकाहरूले चिन्ता लिनुपर्ने बेला आएको छ। तनहुँ कांग्रेस बलियो बनाउनुपर्छ स्वार्थको राजनितीमा लाग्नु बेकार जस्तो लाग्छ मलाई।