स्नुकर सघंको अध्यक्षमा गजेन्द्रमान श्रेष्ठ

प्रकाशित मिति:

बुटवल /शुक्रबार सम्पन्न पाचौ साधारण सभा तथा तेस्रो अधिवेसनले गजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ । यसैगरि संघको उपाध्यक्षमा सुजन पुन र बबिन थापा तथा सचिव शिव राना, कोषाध्यक्ष गोपाल न्यौपाने, सहसचिव विरेन शाक्य, सदस्यहरु यामु थापा, रमेश रोक्का क्षेत्री, सन्जु बस्नेत, अजय गुरुङ्ग, शंकर खड्का, हिमाल थापा, विकास थापा, तारा रेश्मी, नवराज मल्ल, भुपेन्द्र गुरुङ्ग, मेख बहादुर गुरुङ्ग, सुरज राना, देबु थापा सर्वसम्मत चयन भएका छन ।नया नेतृत्वलाई एक समारोहका बिच निर्वाचन मण्डल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ्गले पद स्थापन गरेका छन । विसं. २०६८ सालमा दर्ता भएको संघमा ३ दर्जन बढी स्नुकर हाउसहरु रहेका छन ।

त्यसअघि अधिवेसनको रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ्गले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै गुरुङ्गले विकास, अनुशासन र गतिशिलतालाई हरेक खेलाडीले मनन गर्न जरुरी रहेको बताए ।संघका अध्यक्ष हरि क्षेत्रीले स्नुकरलाई अघि बढाउन धेरै बाधा र चुनौतीहरु पार गरेको बताए ।

केन्द्रीय संघको निर्देशन अनुसार नै अहिले अधिवेसन गरिएको उनले बताए । कार्यक्रममा स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, वरिष्ठ सल्लाहकार सन्जय बज्राचार्य, उपाध्यक्ष गजेन्द्रमान श्रेष्ठ, कोषाध्यक्ष प्रमोद थापा, हिमाल थापा, शिव राना, टोपराज शर्मा, राजु गुरुङ्गले बोल्दै स्नुकर खेललाइ अब स्थानीयबाटै अगाडी बढाउनुपर्नेमा बिशेष जोड दिए ।