प्रमुख प्रतिपक्षी दलका नेताले गरे गाडी फिर्ता

यसअघि सार्बजनिक लेखा समितिका सभापति डिल्लीबहादृुर चौधरीले समेत गाडी फिर्ता गरिसकेका छन्

प्रकाशित मिति:

विक्रम खड्का वुटवल \ पांच नम्बर प्रदेशका प्रमुख विपक्षी दल नेपालली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफूले चढ्दै आएको गाडी सचिवालयमा फिर्ता गरेका छन् । प्रदेश सभाले खरिद गरेका गाडीमा अनियमितता भएको आशंकामा सार्वजनिक लेखा समितिले अध्ययन थलिरहेकाले नैतिकताका आधारमा गाडी फिर्ता गरेको उनले बताए । शुक्रबार दिउसो प्रदेश सभाका सचिव दुर्लभकुमार पुनलाई पोखरेलले चाबी र बिलबुक हस्तान्तरण गरेका हुन । यसअघि सार्बजनिक लेखा समितिका सभापति डिल्लीबहादृुर चौधरीले समेत गाडी फिर्ता गरिसकेका छन् ।

प्रदेश सभाले खरिद गरेका १३ गबखाडीमध्ये ११ वटामा अनियमितता भएको बताइएको छ । मन्त्रालयल र प्रदेश सभाले खरिद गरेको एउटै गाडीको मूल्यमा करिब सवा लाख रुपैयाँको अन्तर छ । ती गाडी उपभोक्ता मूल्यभन्दा झण्डै साढे चार लाख रुपैयाँले बढी छ । ति गाडी खरिद गर्ने स्थानिय संस्था सफल अटो ईन्टरनृशनल रहेको छ । उक्त संस्थाका लगानीकर्ता भने नेकपाका ससदिय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल हुन् । गाडी खरिदमा ढकालको प्रतक्क्ष दवाव रहेको थियो । यता गाडी खरिद छानबिनका लागि लेखाले उपसमिति गठन गरेको छ । समितिले छानबिनका क्रममा त्रुटि भएको बताएको छ । सो प्रतिवेदन शनिबार तयार गरी बुझाउने कार्यक्रम रहेको छ ।