सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि आवेदन गरिएकामा २५ हजार कर्मचारीले फारम भरेनन्

४ माघ २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
13 Shares


सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि आवेदन गरिएकामा २५ हजार कर्मचारीले फारम नभरेको जनाइएको छ । समायोजनका लागि ७५ हजार ३६७ कर्मचारीले आवेदन गरेका छन् । महालेखा परीक्षक अन्तर्गतका कर्मचारीहरुले समायोजन फारम भर्नु पर्दैन । त्यसैगरी अवकाश हुन केही समय बाँकी भएकालाई पनि फारम भर्न अनिवार्य छैन । तर फारम नभरेकालाई पनि समायोजन गर्न बाधा नपर्ने कर्मचारी समायोजन अध्यादेशमा व्यवस्था छ । तोकिएको समयावधिसम्म पनि समायोजनमा जान चाहेन भने सरकारले पठाउने पनि बताइएको छ । जसमध्ये सङ्घमा समायोजनमा जान ४६ हजार २७०, प्रदेशमा ५८ हजार ६२३, स्थानीय तहमा तीन लाख ४५ हजार २२५ र अन्य सेवका कर्मचारीले स्थानीय तहमा समायोजन हुन एक हजार ६६७ जनाले आवेदन गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सरकारले गत पुस ११ गते सूचना जारी गरेर तीनै तहमा समायोजनमा जानका लागि कर्मचारीलाई आह्वान गरेको थियो । समायोजनका लागि आवेदन गर्ने समय गत बुधबार रातिदेखि सकिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया