यी हुन् स्लिम बन्ने उपाय

४ माघ २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
19 Shares


बिहान उठ्नेबित्तिकै एक वा दुई गिलास सादा पानी पिउनुहोस्। अनुसन्धानले नै प्रमाणित गरेको छ कि बिहानै पानी पिउनाले शरीरबाट विषाक्त पदार्थ हटाउन मद्दत गर्छ। पानीमा कुनै क्यालोरी पनि हुँदैन भने यसले भोक मेटाउन र अनावश्यक क्यालोरी खानबाट पनि बचाउँछ।छरितो र पातलो शरीर मन नपर्ने मानिस कमै हुन्छन्। यस्तो शरीर देख्दा सुन्दर त हुन्छ नै, स्वास्थ्यका हिसाबले पनि राम्रो मानिन्छ। तपाईं पनि स्लिम बन्न चाहनुहुन्छ भने आउनुस् यी सात उपाय अपनाउनुस्। जसको नियमित अभ्यासले एक महिनामै परिणाम पाउनु हुनेछ।

१। पर्याप्त पानी पिउनुहोस्
बिहान उठ्नेबित्तिकै एक वा दुई गिलास सादा पानी पिउनुहोस्। अनुसन्धानले नै प्रमाणित गरेको छ कि बिहानै पानी पिउनाले तपाईंको शक्ति रूपान्तरण गर्छ र शरीरबाट विषाक्त पदार्थ हटाउन मद्दत गर्छ। पानीमा कुनै क्यालोरी पनि हुँदैन। पानीले भोक मेटाउन र अनावश्यक क्यालोरी खानबाट बचाउँछ।
तपाईं शुद्ध पानीमा ग्रिन टी राखेर पनि आफ्नो दिनको सुरुवात गर्न सक्नुहुन्छ। ग्रिन टि पिउँदा त्यो दिन नै तपाईंलाई फरक अनुभूति हुनेछ। यसको सेवनले तपाईंको तौल घटाउन पनि मद्दत पुग्छ।

२।खाना खाएपछि केहीबेर हिँड्नुहोस्
शरीर सन्तुलनमा राख्न यदि तपाईं कुनै व्यायाम वा दौडिने गर्नुभएको छ भने अर्को सजिलो उपाय पनि छ। त्यो हो, खाना खाएको केही समयपछि १० मिनेटजति हिँड्नुहोस्। यसो गर्दा तपाईंको शरीरमा रहेको क्यालोरी घट्न तथा खाना छिटो पचाउन सहयोग पुग्छ।
यति मात्र हैन, यस्तो हिँडाइले तपाईंको रगतमा भएको चिनीको मात्रा मिलाउनसमेत मद्दत गर्छ। जुन बिहान ४५ मिनेट हिँड्दा पनि यति फाइदा हुने सम्भावना हुँदैन। अनुसन्धानकर्ताहरू भन्छन्– खानापछिको हिँडाइले शरीरमा भएको ग्लुकोजको मात्रा जोर्नीतिर पुर्‍याउँछ। अर्को कुरा, खाना पछि थोरै हिँड्नाले खोकी पनि हटाउँछ।

३ बढी फाइवर भएका खानेकुरा खानुहोस्
बढी फाइवर भएका खानेकुराहरू स्वस्थ रहन र तौल घटाउन दुवै हिसाबले राम्रो मानिन्छ। यस्ता खानाहरूले तपाईंलाई पेट भरिनुअघि नै अघाएको अनुभूति गराउँछन्। तर हामी कम फाइवर भएका खानेकुरा मात्र खाने गर्छौं। यसो गर्नु ठीक होइन। सकेसम्म बढी फाइवर भएका खानेकुराहरू खानुपर्छ।
फाइवर भएका खानेकुरा चपाउन बढी समय लाग्छ। जसले गर्दा हामीलाई पेट टन्न हुनुअघि नै अघाएको अनुभूति हुन्छ। उच्च फाइवर भएका खानेकुराहरू कम इनर्जी संकलन हुन्छ। यसको अर्थ उत्तिकै आयतन भएका खानाको कम क्यालोरी जम्मा हुनु हो।
त्यसकारण दिनको सुरुवात नै बढी फाइवर भएका खानेकुरा ९खाजा० खाएर गर्नु राम्रो हुन्ण्छ। त्यसका लागि गहुँको आँटा, च्याँख्ला जस्ता चिजको खाजा बनाउन सकिन्छ। यसका साथै प्रत्येक खानामा ताजा मौसमी सलाद र सागपात समावेश गर्नुहोस्।४

घरकै खाना खानुहोस्
सहरी जनजीवनमा परिवारका सबैजसो सदस्य व्यस्त हुने भएका कारण सातामा कम्तीमा चारपटक होटल तथा रेस्टुरेन्टमा खाना खाने चलन बढेको छ। रेस्टुराँका धेरैजसो खाना बढी चिल्लो र क्यालोरी भएका हुन्छन्। यदि यस्ता खाना नियमित खाएमा स्वास्थ्यका लागि हानिकारक हुन्छन्। किनकि शरीरले बढी क्यालोरी भएका खानाहरू खपत गरिरहेको हुन्छ। यदि घरमै खानुहुन्छ भने तपाईं खाना बनाउँदा नै के कति पदार्थहरू राख्ने भन्ने विषयमा नियन्त्रण गर्न सक्नुहुन्छ। स्वास्थ्य बढाउन तथा तौल घटाउन घरमै बनाएर खाना खानु एक मात्र उत्तम उपाय हो। सकेसम्म बाहिर खाँदै नखाने खाने बानी छ भने एकदम कम गर्नुहोस्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • एकद्वार प्रणाली मार्फत वडा बिपन्नलाई राहत उपलब्ध गराउने
  • मनकारी घरबेटी : जसले काठमाडौमा रहेको घरको भाडा नलीने
  • मनकारी घरबेटी : जसले १६ सटरको भाडा नलीने
  • शिर्जनशिल बहुउद्देशीय क्लव द्धरा मास्क र साबुन वितरण
  • अधिवक्ता कृष्ण पोखरेल द्धारा घर भाडा छुट दिने घोषणा ।
  • नेविसंघले वितरण गर्यो सन्चारकर्मीलाई मास्क, स्यानिटाइजर, र ग्लोब्स
  • कोरोनाको रोकथाममा सरकार गैरजिम्मेवार बनेकोप्रति नेकपा नवलपुरको आपत्ति
  • वली सरकार जनताको जनजीविका र स्वास्थ्यप्रति गम्भीर बनेन : सङ्गम,…
  • सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने :…
  • काग्रेस प्रवक्ताले भने संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न