एम्समा खेल सप्ताहको शुरुवात

प्रकाशित मिति:

एम्स माध्यमिक बिद्यालय बुटवल ९ मा खेलकुद सप्ताह सुरु भएको छ । विद्यार्थीहरुको शारिरीक र मानसिक विकासमा बृद्धि गर्ने उद्धेश्य सहित ३ दिने खेलकुद सप्ताह सुरु गरिएको हो । खेलकुद कार्यक्रमको एम्स एजुकेशन फाउन्डेसनका अध्यक्ष धनिश्वर गौतम तथा कार्यकारी निर्देशक एवं प्राचार्य गोपालप्रसाद न्यौपानेले शुभारम्भ गर्नुभयो । खेलकुद तथा अतिरिक्त क्रियाकलापले बिद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्न मदत पुग्ने अध्यक्ष पौडेलले बताउनुभयो । माघ ६ गतेसम्म चल्ने खेलकुद सप्ताह अन्तरर्गत पहिलो दिन शुक्रबार भलिवल प्रतियोगिता,मिठाइ दौड लगायतका प्रतियोगिताहरु भएका छन् । नर्सरीदेखि कक्षा ९ सम्मका बिद्यार्थीहरु गरि करिब ३ सय जना प्रतियोगितामा सहभागि हुने प्राचार्य न्यौपानेले बताउनुभयो । प्रतियोगितामा टेवल टेनिस,दौड,ब्याडमिन्टन,बेलुन ब्लास्ट,नाचगान लगायतका बिधाहरु समेटिएको कार्यक्रम संयोजक मनिस गिरिले बताउनुभयो ।