अस्ट्रेलियामा गर्मी बढ्दै,, घरभित्रै बस्न जनतालाई आग्रह

प्रकाशित मिति:

अष्ट्रेलियाका गर्मी अत्यधिक बढेको छ । उच्च तापक्रमका कारण अस्ट्रेलियाको केही भुभागको जनजीवन प्रभावित भएको छ । बुधबार न्यू साउथ वेल्सका विभिन्न ९ ठाउँमा सबैभन्दा गर्मी भएको त्यहाँको मौसम विभागले जनाएको छ । मौसम विभागका अनुसार न्यू साउथ वेल्सको ह्वाइटक्लीफमा बुधबार दिउँसो साढे तीन बजेको तापक्रम ४८।३ डिग्री सेल्सियस रहेको थियो । जुन अहिलेसम्म मापन भएको सबैबढी तापक्रम हो ।विल्कानियाको सुदूरपश्चिममा, मेनिन्डी र इभानह्वोइमा बिहीबार तापक्रम ४८ डिग्री सेल्सियस पुगिसकेको छ । तापक्रम अझै बढ्ने क्रममा रहेको त्यहाँको मौसम विभागले जानकारी दिएको छ ।