११ औं रोट्याक्ट डिष्ट्रिक कन्फरेन्स सुरु

प्रकाशित मिति:

बुटवलमा ११ औं रोट्याक्ट डिष्ट्रिक कन्फरेन्स सुरु भएको छ । रोट्याक्ट क्लव अफ बुटवल, रोट्याक्ट क्लव अफ तिनाउ सिटी, रोट्याक्ट क्लव अफ भैरहवा, रोट्याक्ट क्लव अफ कपिलबस्तु मिड टाउ र रोट्याक्ट क्लव अफ थेम्स ईन्टरनेशनल कलेजको आयोजनामा डिष्ट्रिक कन्फरेन्स सुरु भएको हो ।कन्फरेन्सको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे । सो अवसरमा बोल्दै सवै अवसरलाई सेवा गर्ने अवसरका रुपमा युवाहरुले लिनुपर्ने बताए । समाज रुपान्तरण र युवा पुस्ताको व्यक्तित्व विकासका लागि रोट्याक्टले महत्वपुर्ण भुमिका खेलेको उनको भनाई छ ।कन्फरेन्समा देशभरका १ हजार बढिको सहभागिता रहेको आयोजक क्लव रोट्याक्ट क्लव अफ तिनाउ सिटीका अध्यक्ष प्रकास पराजुलीले जानकारी दिए । पहिलो दिन युवाहरुको व्यक्तिव विकास तथा क्षमतको प्रदर्शन सम्बन्धी प्यानल डिस्कसन समेत भएको छ । अहिलेका युवा युवतीमा नेतृत्व विकास संगै क्षमताको प्रदर्शन सम्बन्धी प्यानल बनाएर डिस्कसन गरिएको थियो । सहभागिहरुले अभिभावकको मार्ग निर्देशन विना व्यक्तित्व विकास गर्न नसकिने बताएका थिए ।कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव प्रसाद ढुंगेल, डिष्ट्रिक गर्भनर चिन्तामणि भट्टराई, रोटरी क्लव जोन १९ का एजि एजाज आलम, रोटरी क्लव जोन २० का एजि राजेन्द्र ढकाल, लगाएतले बोलेका थिए ।