ढोरपाटन महिला भलिबल च्याम्पियनसिपमा न्यू डायमण्ड सहभागी नहुने

प्रकाशित मिति:

रेडबुल ढोरपाटन सुजुकी महिला भलिबल लिग च्याम्पियनसिपमा न्यू डायमण्ड एकेडेमी सहभागी नहुने भएको छ । भोलि सुरु हुने प्रतियोगिता लामो भएको र विद्यार्थीको परीक्षामा प्रभाव पर्ने भएकाले सहभागी नहुने निर्णय गरेको एकेडेमीका अध्यक्ष कुमार राईले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेलमा भोलि थाहा नगरपालिका मकवानपुर र सेव स्कूल सामाखुसीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी टिमले ३ जना विदेशी खेलाडी मैदान उतार्न पाउनेछन् ।

८ टोली सहभागी प्रतियोगिताको विजेताले ३ लाख ५० हजार र उपविजेताले २ लाख रुपैयाँ हात पार्नेछन् । तेस्रोले १ लाख, चौंथोले ६०, पाँचौले ४०, छौटौले ३० र सातौं हुनेले २० हजार रुपैयाँ हात पार्नेछन् । विधागततर्फको सर्वोत्कृष्ट खेलाडी, उदियमान वर्ष खेलाडी, प्लेयर अफ दी सिरिज र भाग्यमानी दर्शकले १ थान मोटरसाईकल पाउनेछन् । अन्य विधाका ६ विजेताले जनही ६ हजार रुपैयाँ प्राप्त गर्नेछन् । काठमाडौको बसपार्कस्थित भलिबल कोर्टमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।