आज शनिवार

प्रकाशित मिति:

आज विक्रम संवत् २०७५ साल माघ महिनाको ५ गते शनिबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । हेमन्त ऋतु अन्तर्गत पौष शुक्लपक्षको त्रयोदशी तिथि दिवा ३.३५ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । मृगशिरा नक्षत्र विहान ८.४२ बजेसम्म रहनेछ । आज ऐन्द्र योग र गर करण रहेको छ । यसैगरी आज सूर्योदय ६.५७ मा छ भने सूर्यास्त बेलुका ५.३२ बजे हुनेछ ।

चन्द्रमा आज मिथुन राशिमा छन् । आज शनिबार शिवजीको उपासनासँगै पिपलमा जल अर्पण गर्नाले शनिजन्य दोष निवारण हुनेछन् ।