नेयमार नयां सम्बन्धमा

प्रकाशित मिति:

एजेन्सी ,ब्राजिलियन फुटबलर नेयमारका लागि वर्ष २०१८ का दिन सुखद रहेनन् । पीएसजी क्लबबाट खेल्ने नेयमारले गत अक्टोबरमा ब्रुनो माक्विजिनसँगको सम्बन्ध समाप्त भएको बताएका थिए । माक्विजिनसँग नेयमारको सम्बन्ध विगत ६ बर्ष यता चल्दै आएको थियो ।
अहिले उनी २० वर्षीया ब्राजिलियन मोडल मेरी टाभर्ससँग रमाइरहेका छन् । मेरी ब्राजिलकी प्रतिष्ठित मोडलमध्ये एक हुन् । उनीहरू साथै रमाएका तस्बिर सोसल मिडियामा भाइरल भएका छन् । एक तस्बिरमा उनीहरू होटलको स्वीमिङ पुल नजिक भएको पार्टीमा देखिन्छन् ।

यसबाट नेयमारले नयाँ गर्लफ्रेन्ड फेला पारेको अनुमान लगाउन गार्‍हो छैन । नेयमारकी पूर्वप्रेमिका माक्विजीले भने नेयमारकै कारण उनीहरूको सम्बन्ध विच्छेद भएको कुरा बताएकी छिन् ।