फागुन ३, हांस्ने दिन

प्रकाशित मिति:

कमेडी फिल्म जोकरको प्रदर्शन मिति हेरफेर भएको छ । पहिला चैत १ मा दर्शकमाझ आउने बताइएको भए पनि अब दर्शकले जोकरलाई फागुन ३ मा हेर्न पाउनेछन् । महादेव त्रिपाठीको निर्माण, निर्देशनमा बनेको फिल्ममा उनी स्वयम्, सुरेन्द्र केसी, दिपेन शाह, शिवशंकर रिजाल, सिम्पल खरेललगायतले अभिनय गरेका छन् । रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठ क्रेजीले वितरण गर्ने फिल्मको निर्मातामा गणेश श्रेष्ठ, कर्णबहादुर तामाङलगायत छन् ।