दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु

५ माघ २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
18 Shares


सर्लाही , पुर्व–पश्चिम राजमार्ग अन्तर्गत ईश्वरपुर नगरपालिका–१२ स्थित जंगलखण्डमा रोकी राखेको रात्रीबसलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको छ। दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौबाट इलाम जाने क्रममा सापट विग्रेर ना। ४ ख ९७५४ नम्बरको बसलाई बिहान २ बजे ना। ५ ख ७१२९ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको हो।जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजकुमार शाहीका अनुसार दुर्घटनमा परी इलाम सुल्बुङ–७ बस्ने २७ वर्षीय गोविन्द साउदेन, सुनसरि ईटहरी उपमहानगरपालिका–१६ बस्ने ३० वर्षीया विनिता राई र पर्सा वीरगंज उपमहानगरपालिका–१९ बस्ने ३५ वर्षीय रहिम मियाँको घटनास्थलमै मृत्यु भएको हो। साउदेन र राई बसका यात्रु हुन् भने मियाँ ट्रकका यात्रु हुन्।उत्रेर बसको पछाडी बसेका यात्रुको तिब्रगतिमा आएको ट्रकले बसलाई ठक्कर दिँदा च्यापिएर मृत्यु भएको हो। ‘मियाँ चालक भएको र उनले खँलासीलाई चलाउन दिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ, ट्राफिक प्रमुख शाहीले भने, ‘विस्तृत अनुसन्धान भइरहेको छ।’

दुर्घटनामा परि बसका यात्रु नुवाकोट विदुर नपा–१३ का २७ वर्षीय दावा तामाङ, झापा अर्जुनधारा नपा–६ का ३५ वर्षीय राजेन्द्र खतिवडा र उदयपुर कटारी नपा–१ का २२ वर्षीय दिपक अधिकारी घाइते भएका छन्। तामाङको खुट्टा भाँच्चिएर बी एण्ड बी ललितपुर, खतिवडाको विर्तामोड र अधिकारीको लालबन्दीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतक तिनैजनाको शब भने सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा राखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया