मन्टेश्वरी एशोसिएसन अफ भैरहवाको प्रथम वार्षिकउत्सव सम्पन्न, अध्यक्षमा अनामिका

प्रकाशित मिति:

मन्टेश्वरी एशोसिएसन अफ भैरहवाको प्रथम वार्षिकउत्सव भैरहवामा सम्पन्न भएको छ । एशोसिएसनका अध्यक्ष अनामिका बस्याल जयसवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले मन्टेश्वरीले पु¥याएको योगदानको चर्चा गरिन् । उनले मन्टेश्वरीले बालबालिका भित्र लुकेर रहेको प्रतिभाहरुलाई बाहिर ल्याउने काम गरेको बताइन् । कार्यक्रममा सिद्धार्थनगर वडा नम्बर ६ का वडा अध्यक्ष विरेन्द्र नाथ श्रीवास्तव, लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरका कार्यसमिति सदस्य शंकर पाण्डे लगायतले शिक्षा क्षेत्रको विकासमा मन्टेश्वरीहरुको महत्वपूर्ण योगदान रहेको बताए । सो अवसरमा अध्यक्ष जयसवालले वार्षिक गतिविधि र कोषाध्यक्ष माधवी गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सचिव इशा खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।

त्यस्तै वार्षिकउत्सवको अवसर पारेर मन्टेश्वरी एशोसिएसनमा जिम्मेवारी हेरफर गरिएको छ । जसअन्तर्गत अध्यक्षमा अनामिका बस्याल जयसवाल, उपाध्यक्षमा ईशा खड्का, सचिवमा दिपिका भट्टराई, सह–सचिवमा गंगा भुषाल, कोषाध्यक्षमा माधवी गुरुङ र सह–कोषाध्यक्षमा प्रतिष्ठा चालिसे रहेका छन् । त्यस्तै सदस्यहरुमा विनिता पाण्डे, अनिता मौर्य र अर्पना राई रहेका छन् । एक वर्ष अघि स्थापना भएको मन्टेश्वरी एशोसिएसन अफ भैरहवामा हाल ७ वटा विद्यालय आबद्ध रहेका छन् ।