कपिलवस्तुमा बृहत शैक्षिक प्रर्दशनी सम्पन्न

प्रकाशित मिति:

शैक्षिक गुणस्तरमा बृद्धि गर्ने उदेश्यले कपिलवस्तुमा बृहत शैक्षिक प्रर्दशनी भएको छ । शैक्षिक प्रर्दशनीबाट बालबालीकाको शिक्षामा टेवा पुग्ने उदेश्यले बुद्धभुमी नगरपालीकाको आयोजनामा प्रर्दशनी भएको हो । विद्यार्थिको शैक्षिक स्तर बृद्धिका साथै तयार पारिएका शिक्षण शिकाइमा शैक्षिक सामग्रीको महत्व बढि हुनेहुँदा शैक्षिक प्रर्दशनी भएको शिक्षाका अधिकारी बताउंछन् । बुद्धभुमी नगरपालीका प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालको प्रमुख आतिथ्यता, जिल्ला शिक्षा अधिकारी बाबुराम भट्राइको विशिष्ट आतिथ्यता, स्रोत व्यक्ति खेमराज पौडेलको सन्चालनमा कार्यक्रम भएको थियो । सोही कार्यक्रममा विपन्न समुदायका २ सय विद्यार्थिलाइ पोशाक, १५ बटा विद्यालयका शिक्षकलाइ एक शिक्षक एक झोला समेत वितरण गरिएको थियो । शैक्षिक प्रदर्शनीमा धरहरा, बुद्धस्थल लगायतका विभिन्न शैक्षिक सामग्री राखिएको थियो । प्रर्दशनीमा प्रथम, द्धितिय, तृतिय हुनेलाइ ५ हजार, ३५ सय र २५ सय पुरस्कार वितरण गरिएको थियो । शैक्षिक प्रर्दशनीमा बुद्धभुमी नगरपालीका भित्रका ४१ वटा विद्यालयको सहभागीता रहेको थियो ।