देवदह र कोलिय साकोस गाभिए ,एकिकरणपछि कुलपुजी ८३ करोड ५६ लाख नाग्यो

प्रकाशित मिति:

झविन्द्र देवकोटा,बुटवल, ५ माघ । रुपन्देहीको देवदहमा रहेका दुई सहकारी संस्थाहरुबीच एकिकरण भई देवदह क्षेत्रकै ठुलो देवदह कोलिय सहकारी भएको छ । देवदहको कोलिय र देवदह सहकारी संस्था एकआपसमा गाभिएर कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेको हो । दुई सहकारीबीच एकिकरण भएसँगै कोलिय देवदहको कुल पुजी ८३ करोड ५६ लाख ७६ हजार भएको छ भने बचत निक्षेप ६६ करोड ६५ लाख, कुल ऋण प्रवाह ६८ करोड ९१ लख, संस्थागत पुजी ५ करोड दुई लाख, शेयर पुजी ७ करोड ८० लाख भएको छ । दुई संस्था गाभिएर बनेको कोलिय देवदहका सदस्यहरु अहिले ८ हजार ७७ भएको कोलिय सहकारी संस्थाका अध्यक्ष भिमप्रसाद गुरुङ्गले जानकारी दिनुभयो । यस अघि ६ हजार १ सय ८९ सदस्य रहेको कोलिय सहकारीको कुल पुजी ५१ करोड ४३ लाख, बचत निक्षेप ४१ करोड ८ लाख, ऋण प्रवाह ४२ करोड ९९ लाख छ भने २ हजार ३ सय ६४ सदस्य रहेको देवदह सहकारीको कुल पुजी ३२ करोड, वचत २५ करोड ५७ लाख, ऋण प्रवाह २५ करोड ९१ लाख रहेको गुरुङ्गले जानकारी दिनुभयो ।

यसैबीच शनिबार दुबै संस्था एकिकरण ९मर्ज० घोषणा सभा तथा प्रारम्भिक भेला गरेर एकिकरण भएको सार्वजनिक गरिएको छ । एकिकरण घोषणा सभाको उद्घाटन गर्दै संघिय सरकारका भुमि ब्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले एकिकरणले सहकारीमा सदस्य रिजाउने चुनौती बढ्ने भएकाले चुनौतिको सामना गरे नमुना सहकारी बन्ने बताउनुभयो । उहाँले सहकारीलाई गुणस्तरीय र पारदर्शि बनाउने तर्फ सदस्यहरुको ध्यान केन्द्रीत हुनु पर्ने बताउनुभयो । एकिकृत घोषणा सभाको संयोजक प्रकाश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ५ का सहकारी मन्त्री आरती पौडेल, प्रदेश सांसद डा। कृष्ण न्यौपाने, नेफ्स्कुनका केन्द्रीय कोषाध्यक्ष केशव पोखरेल, सदस्य कृष्ण नेपाल, देवदह साकोसका पुर्व अध्यक्ष शुवकान्त न्यौपाने, देवदह साकोसका पुर्व अध्यक्ष कृष्ण पौडेल लगायतले सहकारीलाई जोखिम रहित बनाउने कुरामा जोड दिनु भएको थियो । सोही कार्यक्रममा देवदह सहकारीका अध्यक्ष ऋषिराम सापकोटा र कोलिय साकोसका अध्यक्ष भिमप्रसाद गुरुङ्गले दुई संस्थाको गाग्रीमा भएको सिक्का एकै गाग्रिमा खन्याएर एकिकरण भएको घोषाणा गर्नु भएको थियो ।