जंगली बंदेलसहित २ जना पक्राउ

प्रकाशित मिति:

शिवराज नगरपालिकाको चन्द्रौटामा जङ्गली बँदेलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–३ का शिवप्रसाद चौधरी र वडा नम्बर–४ का सहदेव चौधरी रहेको इलाका प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । चेकजाँच गर्ने क्रममा शिवराज नरपालिका–३ समितिचोकबाट लु ३१ प ५०९८ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको मृत बँदेल फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । बँदेलसहित दुबै जनालाई नियन्त्रणमा लिइएको छ ।यस विषयमा थप कारवाहीका लागि गौतमबुद्ध डिभिजन वन कार्यालय चन्द्रौटामा बुझाइएको छ । पक्राउ परेका उनीहरुलाई हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको कार्यालयका प्रमुख दुर्गाबहादुर कार्कीले जानकारी दिए ।