नेपाल रेडक्रश शोसाइटी त्रिबेणी धाम उपशाखाको प्रथम साधारण सभा त्रिबेणीमा शनिबार सम्पन्न,

प्रकाशित मिति:

नेपाल रेडक्रश शोसाइटी त्रिबेणी धाम उपशाखाको प्रथम साधारण सभा त्रिबेणीमा शनिबार सम्पन्न भएको छ । शाखाका सभापति रन्नता काफ्लेको अध्यक्षतामा साधारण सभा भएको हो । सो अवसरमा प्रमुख अतिथि समेत रहाुभएका नेपाल रेडक्रश शोसाइटी नवलपुर शाखाका सभापति मदन भट्ट अधिकारीले सेवा नै धर्म हो भन्ने भावनाबाट विपत्तिमा परेकाहरुको सेवा गर्न सम्पुर्ण रेडक्रशकर्मीहरुको परम कर्तब्य रहेको बताउनुभयो । शाखा सभापति अधिकारीले रेडक्रशमा जुनसुकै राजनितिक पृष्ठी भुमीबाट आएको ब्यक्ति भएपनि रेडक्रशमा राजनितिक क्रियाकलाप पटक्कै गर्न नहने धारणा राख्नुभयो । साधारण सभामा कोषाध्यक्षको प्रतिबेदन शाखाका कोषाध्यक्ष खेम प्रसाद श्रेष्ठ, अध्यक्षको प्रतिबेदन उपशाखा सभापति काफ्लेले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा लक्षुमन प्रसाद गौतम, सरिता शर्मा, खेम बहादर राना, सुरज कोहार लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । उपशाखाका कोषाध्यक्ष राम काजी श्रेष्ठको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमलाई भेषराज खनालले सञ्चालन गर्नुभएको थियो ।