विनयी त्रिबेणी वडा नम्बर ६ र ७ को संयुक्त आयोजनामा वडा स्तरिय क्रिकेट प्रतियोगिता सुरु,

प्रकाशित मिति:

विनयी त्रिबेणी वडा नम्बर ६ र ७ को सयुक्त आयोजनामा वडा स्तरिय ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन समारोह शनिबार त्रिबेणीमा सम्पन्न भएको छ । आयोजक क्लबका अध्यक्ष विजय थापाको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा विनयी त्रिबेणी वडा नम्बर ६ का वडाध्यक्ष प्रितम बहादुर गुरुंगले स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद भन्ने नारालाई मुर्त रुप दिन ग्रामिण भेकमा खेलाइने यस किसिमको खेल महत्वपुर्ण भुमिका खेलने विचार ब्यक्त गर्नुभयो । कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष गोपाल बहादुर क्षेत्री, पुर्व क्रिकेटर आरपि उपाध्याय लगाएतले क्रिकेट खेलको महत्वबारे प्रकाश पार्नुभएको थियो । विनयी त्रिबेणी वडा नम्बर ६ र ७ बाट १० क्रिकेट टिमको सहभागिता रहेको आयोजक क्लबका सदस्य नविन क्षेत्रीले बताउनुभएको छ । शनिबार न्यु एम्बिसन युवा क्लब रानिनगर र उज्जवल बोर्डिंग स्कुल बीच भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको एम्बिसन युवा क्लबले १५ दशमलव ५ ओभरमा ९१ रनको लक्ष्य दिएको थियो । जवाफि ब्याटिंग गर्दै उज्जवल बोर्डिंग स्कुलले १० दशमलव ५ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य प्राप्त गरेको थियो । उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई शिल्ड सहित नगद रु ३० हजार र दोस्रो हुनेलाई शिल्ड सहित नगद २रु ० हजारले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।