दाङमा बस दुर्घटना

प्रकाशित मिति:

दाङ/  दाङमा शनिबार अपराह्न भएको यात्रुबाहक बस दुर्घटनामा २५ जना घाइते भएका छन् भने २ घाइतेको अवस्था गम्भीर छ ।दाङको तुलसीपुरबाट दमारगाउँका लागि छुटेको रा १ ख ४९४ नम्बरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।बसमा सवार २५ जनामध्ये दुईजना गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते २ जनालाई दाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको छ । अन्य घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भईरहेकोछ ।

गम्भीर घाइते तुलसीपुर६, की आसा विक र तुलसीपुर(११ की गिता मल्ललाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।