यौनजन्य कृयाकलाप गर्ने एक युवक पक्राउ

प्रकाशित मिति:

रौतहट / रौतहटमा ४ वर्षीय बालकसँग अप्राकृतिक मैथुन गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।गरुडा नगरपालिका वडा नम्बर(१, का ४ वर्षीय बालकलाई शुक्रबार साँझ स्थानीय १९ वर्षीय भोला गिरीले उखुघारीमा लगेर यौनजन्य क्रियाकलाप ९अप्राकृतिक मैथुन० गरेको प्रहरीले जनाएको छ ।ललाइ फकाइ घरबाट उखुबारी लगेर यौनजन्य क्रियाकलाप गर्न लागेपछि बालक रोएको र स्थानीयले थाहा पाएर उखुबारी पुग्दा गिरी समातिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । स्थानीयले समातेर गिरीलाई प्रहरीको जिम्मा लगाएका हुन् ।

गिरीको जबर्जस्तीले बालकको मलद्धारबाट रगत बगेको र उनको अहिले जिल्ला अस्पताल रौतहटमा उपचार भइरहेको छ ।गिरीलाई प्रहरी हिरासतमा राखेर यौनजन्य क्रियाकलाप गरेको कसुरमा मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक केदार ढकालले बताउनुभयो ।