मोतिपुर औद्योगिक करिडोर निर्माणको डिपिआर भएपछि स्थानीय आन्दोलीत

प्रकाशित मिति:

रुपन्देहीको मोतिपुर क्षेत्रमा प्रस्ताव गरिएको मोतिपुर औद्योगिक करिडोर निर्माणको डिपिआर भएपछि स्थानीय भने झन् आन्दोलीत भएका छन् । स्थानीयले भने आफूहरूसग भएका सम्झौता कार्यान्वयन नगरी अगाडी बढ्ने खोजिएको भन्दै आपत्ती जनाएका हुन् ।उनीहरुले आफुहरुलाइ सरकारले फसाएर सो स्थानबाट उठिबास लगाउन खोजेको दाबी गरेका छन् ।औद्योगिक क्षेत्र बिस्तार गर्दा आफूहरूसँग भएका पूर्व सम्झौता कार्यान्वयन नभएको उनीहरुको भनाइ छ । शनिबार मोतिपुरमा स्थानीयले औद्योगिक बिकास र बाताबरणीय प्रभाबका बारेमा अन्तरक्रिया समेत गरेका छन् । उनीहरुले आफुहरुलाइ करिडोर नै अभिसाप बन्ने डर लागेको बताए । पूर्व सम्झौता कार्यान्वयन हुनुपर्ने संघर्ष समितिका पूर्व अध्यक्ष भीमप्रसाद न्यौपानेको भनाइ छ ।

प्रस्तावित क्षेत्रमध्ये रानीगञ्ज शिवनगरमा २ हजार ३ सय ५०, फर्सा्टिकरमा २ सय ८१, अमुवामा ९०, हरिहरपुरमा १ सय ४१, जनसंघर्ष टोल रानीगंजमा २ सय ६१ घरधुरीहरू, गरि ३ हजार १ सय २३ घरधुरी नै प्रभावित हुनेछन् । ३ वटा विद्यालय, अन्य क्लवहरु औद्योगिक क्षेत्र निर्माण गर्दा प्रभावित हुने स्थानीय बाबुराम घिमिरेको भनाइ छ । त्यस क्षेत्रका जनताहरू बस्ती बचाउ अभियानमा निरन्तर संघर्षमा रहेको संयुक्त संघर्ष समितिका सहसंयोजक ग्यामलाल भुसालको भनाइ छ । स्थानीयहरुले आफूहरूसँग भएका सम्झौता कार्यान्वयन गरी औद्योगिक क्षेत्रको लागि जग्गा व्यवस्थापन गर्न सरकारलाई आग्रह गरे । सरकारले साविकको मोतिपुर (हाल बुटवल) १९ र फर्सा्टिकर गाविसको ८ सय विगाहाभन्दा बढी जग्गामा औद्योगिक क्षेत्र स्थापनाको काम अगाडि बढाएको छ ।