अस्ति बोले आज माफी मागे कानुनमन्त्री

प्रकाशित मिति:

मनपरी बोल्दै माफी माग्दै

गत शुक्रबार कानुन , न्याय तथा संसदीय मामिलामन्त्री शेर बहादुर तामाङले बङ्गलादेश पढ्न जाने छात्राहरुबारे आफूले दिएको अभिव्यक्तिलाई सच्चाउँदै बिज्ञप्ती मार्फत माफी मागेकाछन् । बिज्ञप्तीमा उनले बंगलादेशमा अध्ययन गर्न जाने छात्राहरुको अवस्था उजागर मात्र गर्न खोजेको बताएका छन् । बिज्ञप्तीमा नेपाली छात्राले बंगलादेशमा रहँदा नै आत्महत्या गरेको र हिंसाजन्य केही घटनाहरु उजुरीमा समेत परेको उल्लेख गरेकाछन् । उनले नेपाली बिद्यार्थी बिदेशमा गइ अध्ययन गर्नुको बिकल्पमा नेपालमा नै सो बिषयमा अध्ययनको सहज पहुँच हुने व्यववस्था भएमा बिदेशमा नेपाली बिद्यार्थीहरुले त्यस्ता समस्या भोग्ने अवस्था अन्त्य हुन्छ भन्ने आशय रहेको बताएकाछन् । उनले आफु महिलाहरुको आत्म सम्मान , हिंसामुक्त समाज, र नारी अस्मिताको रक्षामा सदैव प्रतिबद्ध र क्रियाशिल रहेको भन्दै अभिव्यक्तिबाट परेको चोट प्रति माफी मागेका छन् । उनले गत शुक्रबार एक बिद्यालयको कार्यक्रममा बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने छात्राहरूमाथि यौन शोषण भइरहेकोु बताएका थिए। उनले ुडाक्टर पढ्न बंगलादेश जाने छोरी(चेलीबारे आज म कथा खोल्छुु भन्दै दिएको भाषणको भिडियो सार्वजनिक भएपछि मन्त्री तामाङ विवादमा तानिएका थिए । उनले, बंगलादेशमा डाक्टरको सर्टिफिकेट लिन छात्राहरूले कहीँ न कहीँ आफूलाई बेच्नैपर्छ। यस्तो अवस्थामा नेपालमै चिकित्सा शिक्षा पढ्न पाउनुपर्छ। सबैले यहीँ पढ्न पाउनुपर्छ भन्दा प्लेकार्ड लिएर हामी नै बाहिर निस्कन्छौं। के गर्न खोज्या छ मुलुकलाईरुु भन्दै प्रश्न गरेका थिए ।

बिज्ञप्ती :

शुक्रबार बोलेको भिडियो : (सामाजिक सन्जालबाट साभार)