चुनाव हारजित एउटा प्रकृया हो अत्तिनु पर्ने अवस्था छैन : कांग्रेस प्रवक्ता शर्मा

प्रकाशित मिति:

नरेश चौधरी माघ ०५ मुर्गिया ।।
चुनाव हारजित एउटा प्रकृया भएकोले नेपाली कांग्रेस अहिले नै अत्तिनु पर्ने र नेपाली कांग्रेसका कार्यकर्ताहरु निरास हुनु पर्ने अवस्था नभएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भएको छ । रुपन्देहीको सैनामैनामा पार्टी कार्यकर्ताहरु संगको भेटघाटका क्रममा उहांले सो कुरा बताउनु भएको हो । नेपाली कांग्रेस विगतमा पटक पटक हरेको छ र पटक पटक जितेको छ । यसलाई एउटा चुनावी प्रकृयाको रुपमा लिनुपर्ने उहांले भन्नुभयो ।नेपाली कांग्रेसको हार अहिले जनताको हार भएको बताउदै पार्टी प्रवक्ता शर्माले भन्नु भयो अहिलेको कम्युनिष्टको जितले जनता निराश भएका छन्, शान्ति, सुरक्षा खलबलिएको छ जनताले महशुस गर्न पाएका छैनन् र महंगाई बढेकोले नेपाली कांग्रेसको हार र ने।क।पाको जितले जनताले कम्युनिष्टको सरकारलाई चिन्ने मौका मिलेको बताउनु भयो ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्रा भण्डारीले चहेको जस्तो लिडरसिप नहुदा नेपाली राजनिति अहिले धमिलिएकोे र हरेक पार्टीमा मुल धमिलो रहेको करण नेपालले विकासको गतिलिन नसकेको बताउनु भयो । नेपाली कांग्रेसमा पनि मुल सफा नगरेसम्म केन्द्र देखि स्थानिय स्तारसम्म नेपाली कांग्रेसको राजनितिक सुधार नहुने बताउनु भयो ।विभिन्न भ्रस्टचारको मुद्दा, अन्यय अत्यचार, महंगाईको विरुद्धमा विभिन्न समयमा नेपाली काग्रेसले बोलेको र यसको विरुद्धमा पटक पटक प्रतिनिधि सभामा कुरा उठएको बताउदै नेपाली कांग्रेसले अहिले शान्ति पुर्ण ढांगले प्रतिपक्षको भुमिका खेलिरहेको भण्डारीले बताउनु भयो ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले नेपाली कांग्रेस बाहेक आरु कुनै पनि पार्टीले लोकतन्त्र रक्षाका लागि बोल्न नसकेको र संसार भरिकै पार्टी मध्यको उत्तम विचार नेपाली कांग्रेसको भएको बताउनु भयो । जनताले परिवार्तन खोजिरहने र सोही बमोजिम दुई तिहाइको सरकारले कुरा बाढी, काम कम गरिरहेको उहांले आरोप लगाउनु भयो ।सैनामैना ६ दुधराक्षमा सम्पन्न भएको कार्यकर्ता भेटघाट कार्यक्रममा १५० भन्दा बढी नेपाली कांग्रेसका नेता कार्यक्रताहरुको उपस्थित रहेको थियो ।