वडास्थरिय क्रिकेटको उपाधि कृष्णनगरलाई

प्रकाशित मिति:

कृष्णनगर /वडास्थरिय क्रिकेटको उपाधि कृष्णनगर लयन्सले जितेको छ । बिजयनगर ७ गणेशपुरमा पुस २५ गते देखि संचालनमा रहेको वडास्थरिय क्रिकेटको उपाधि कृष्णनगर लयान्सले जितेको छ । वडास्थरिय क्रिकेटको फाईनलमा गणेशपुर र कृष्णनगर लयन्स बिच भएको थियो । जसमा दिपु ३२, सरताज २० र इमरानको १७ रनको मदतले कृष्णनगर लयन्सले निर्धारीत १६ ओभरमा १२५ र बनाई १२६ रनको लक्ष्य गणेशपुरलाई दिएको थियो ।लक्ष्यको पछि पर्दै गणेशपुरले १६ ओभरमा ९४ रन मात्र बनाएकोले ३४ रन देखि कृष्णनगर लयन्सले यो उपाधि जितेको अयोजकले जनाएको छ । स्टार क्रिकेट युवा क्लबले सहअयोजना गरेको वडा स्थरिय क्रिकेटमा प्रथमकृष्णनगर लयन्सलाई नगद रू १५ हजार सहित बिजेताको उपाधि र दुत्तिय गणेशपुरलाई नगद रू १० हजार सहित उपबिजेताको उपाधिले सम्मानित गरिएको अयोजकले जनाएको छ ।

वडास्थरिय क्रिकेटको समापन कार्यक्रमको प्रमुख अतिथि बिजयनगर गाउपालिकाको मेयर गोपाल थापाले ७ वाटै वडामा क्रिकेट गराउन्ड र प्रदेश स्थरिय खेल मैदान बनाउने योजना रहेको वहाले बताउनु भएको हो । वडाले युवाहरूको उत्साह बढाउन र युवाहरूको खेल प्रति वडा बटा ५० हजार छुट्टईएको वडाध्यक्ष दिनेश चौधरीले जनाएका छन । कार्यक्रममा बिशिष्ठ अतिथि गणेशपुर ईप्रक प्र।नि। नवीन पौडेल, अतिथिमा वडा न।५ अनवर मो। मुसलमान, श्याम प्र। चौधरी, तरूणदल कपिलवस्तु जिल्ला सचिव अमर पौडेल लगयात अतिथिहरूको सहभागिता रहेको संचालक दिपक भण्डारीले जनाएका छन ।