सामुदायिक रेडियो मुक्ति ९५.५को १०औ बार्षिक साधरण सभा सम्पन्न

प्रकाशित मिति:

महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो मुक्ति ९५.५को १०औ बार्षिक साधरण सभा आज सम्पन्न भएको छ । साधरण सभामा प्रदेश नं. ५का सांसद दधिराम न्यौपानेले महिलाहरुलाई चेतनाको अभिबृद्धि गर्न , राज्य संत्तामा महिलाको सहभागिता जुटाउन रेडियोको महव्वपूर्ण भुमिका रहेको बताउनुभएको छ । उहाँले सामुदायिक रेडियोमा आफ्नो लगानी गरेर रेडियोका सदस्यहरुले सामाजिक कार्य गरेको प्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । त्यस्तै उहाँले प्रसारण सम्बन्धी ऐन दर्ता भएको बताउदै संशोधनका लागी सुझाव दिन आग्रह गर्नुभयो । अहिले सम्म प्रदेशमा १५ वटा मात्र कानुन निमार्ण भएको र १९ वटा विधेयकहरु संसदमा टेवुल भएको बताउनुभयो । कार्यक्रममा वुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमा देवि आचार्यले सामुदायिक रेडियो मुक्तीलाई दक्षिण एशियाकै नमुना रेडियो बनाउन सबैको महत्वपुर्ण भूमिका रहने बताउनु भयो ।

संचार क्षेत्रलाई व्यवस्थापन गर्न स्थानिय तहले पनि विभिन्न काम गरेको उहाले बताउनुभयो । त्यस्तै रेडियोका प्रमुख सल्लाहाकार साबित्रा अर्यालले महिलाहरुलाई कमजोर सम्झने मानसिकतामा परिवर्तन हुनुपर्ने बताउनु भएको छ ।कार्यक्रममा संस्थाका कार्यबाहाक अध्यक्ष खेमकुमारी पोखरेल दिपुले संस्थाका आगामी कार्ययोजना अन्तरर्गत संस्थाको सुदृढिकरण जग्गा खरिद तथा व्यवस्थापन , भवन निमार्ण प्रसारण क्षमता बृद्धि लगायतका योजना रहेको प्रतिवेदन पेश गर्नभएको थियो । यस्तै कोषाध्यक्ष अमृता अनमोलले आथिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा रेडियोका उत्कृष्क क्रमचारी अन्तर्गत शुशिला पोखरेललाई प्रमाणपत्र र नगद सहित सम्मान गरिएको थियो । साधरण सभाको उद्घाटन समारोहमा प्रदेश नं. ५का सांसद दधिराम न्यौपाने , वुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमा देवि आचार्य,ै रेडियोका प्रमुख सल्लाहाकार साबित्रा अर्याल , नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसी , नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतम , प्रेस यूनियन रुपन्देहीका अध्यक्ष रेखा भुषाल लगायतले बोल्नुभएको थियो । कार्यक्रम रेडियोका का. बा अध्यक्ष दिपु पोखर्रेल को अध्यक्षता, प्रदेश नम्बर ५ का सांसद दधिराम न्यापानेको प्रमुख आतित्था, संह सचिव इन्द्रिरा आचार्यको स्वागत र स्टेशन म्यानेजर कल्पना तिवारीको संचालमा सम्पन्न भएको थियो ।