बुर्किना फासोका प्रधानमन्त्री थिबाद्वारा राजीनामा

प्रकाशित मिति:

अफ्रिकन मुलुक बुर्किना फासोका प्रधानमन्त्री पल कबा थिबाले मन्त्रीमण्डलका साथ पदबाट राजीनामा दिनु भएको छ । राजीनामाको कारण भने नखुलाइएको बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरीले एक टेलिभिजन कार्यक्रम मार्फत सो घोषणा गर्नु भएको हो ।

पूर्व अर्थमन्त्री समेत रहेका थिबालाई राष्ट्रपति रोचले मनोनयन गर्नु भएको थियो  । थिबा नेतृत्वको सरकारले / पछिल्लो समय अपहरण र जिहादीको आक्रमणको सामाना गर्दै आएको थियो । उच्च प्रोफाइलका विदेशी नागरीक वेपत्ता हुन थालेपछि राजीनामाका लागि प्रधानमन्त्री थिबामाथि दबाब सिर्जना भएको थियो ।