‘दबंग ३’ मा साउथ स्टार सुदीप भिलेन

प्रकाशित मिति:

कुनै पनि एक्सन मसला फिल्म हेर्दा तबसम्म मज्जा आउँदैन जबसम्म भिलेन दमदार हुँदैन । यसकारण बलिउडका दबंग सलमान खान पनि यो मामलामा रिस्क लिन चाहँदैनन् । यसैले त उनी आफ्ना दर्शकलाई ुफुलअन इन्टरटेनमेन्टु दिन कुनै कसर बाँकी राख्दैनन् । अब दबंग ३ु मा चुलबुल पाण्डेको सामना पनि एक जोडदार भिलेनसँग हुने भएको छ । सलमानले जति नै सुपरहिट फिल्म दिए पनि उनका यस्ता फ्यान धेरै छन्, जो मात्र चुलबुल पाण्डे उर्फ दबंगु को दिवाना छन् । अहिले लामो समयदेखि उनी यसको तेस्रो सिक्वेलमा जुटेका छन् ।

यसबीच साउथका सुपरस्टारलाई दबंग ३ मा भिलेनको भूीमकामा देख्न पाइने भएको छ । फिल्ममा किच्चा सुदीपलाई अनुबन्ध गरिएको छ । सुदीप र सलमान निकै लामो समयदेखि एकअर्कासँग काम गर्न चाहन्थे । अब दबंग ३ु मा दुबै दमदार एक्सन पेश गर्न जाँदैछन् ।
हालै सलमानले सुदीपको फिल्म पहलवानु को टिजर सोसल मिडियोमा साझेदार गरेका थिए । सुदीपको कन्नड फिल्ममा ठूलो नाम छ । उनले मक्खीु ९इगा० र ुफूंकु जस्ता सुपरहिट फिल्ममा काम गरेका छन् । उनी पहिलो पटक सलमानसँग काम गर्न निकै उत्साहित देखिएका छन् ।